“भ्यालेन्टाइन डे” मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?

“भ्यालेन्टाइन डे” मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?

HamroPatro

भ्यालेन्टाइन डे: प्रेमको दिन

माया, प्रेम, पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् “भ्यालेन्टाइन डे” नजिकिदै छ । चिसो मौसमले अझ साथ छोडी सकेको छैन र भ्यालेन्टाइन डे नजिकीरहँदा धेरै प्रेमिल जोडीहरू उत्साहित भइरहेका छन् । कैयौ साथीहरूआफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो भइरहेको होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह भइरहेको हुनसक्छ । चाहे तपाईं नवविवाहित जोडी होस्, लामो समयको साझेदार होस् वा केवल प्रेममा मात्रै हुनुहुन्छ, यो दिनले निकै महत्व राखेको हुन्छ । यो महत्त्वपूर्ण दिनमा उनीहरू तपाईंको लागि कति अर्थ राख्छन् भनेर देखाउने उत्तम अवसर हो ।

प्रेमीहरूले मायाका भावनाहरूका साथसाथै आकर्षक उपहारहरू आदानप्रदान गर्ने चलन पनि यस दिनको विशेषता हो ।

भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक नै हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उपहार दिंदा पनि हुन्छ, चोखो मनले दिएको जुनसुकै उपहार विशेष हुन्छ ।

तर, अहिलेको व्यस्त जीवनशैलीको कारणले धेरै प्रेमिल जोडीहरूले आफ्नो प्रेम एकअर्कासँग व्यक्त गर्न सकिरहेका हुँदैनन् । यसरी व्यक्त गर्न नसक्दा प्रेम कम भएको आभाष हुनसक्छ । यस्तो समयमा बढ्दै गरेको दूरीलाई यो भ्यालेन्टाइनमा एउटा आकर्षक गिफ्ट दिएर दुरी कम गर्ने प्रयास गर्नुहोस् । आफ्नो प्रियजनको साथमा भइरहने कुनै सामग्रीलाई उपहार दिने कुरालाई प्राथमिकतामा राख्नु उपयुक्त हुनसक्छ ।

“भ्यालेन्टाइन डे”मा प्रेमी प्रेमिकाले सबैभन्दा धेरै रातो गुलाफ आदानप्रदान गर्ने गर्छन् । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । त्यसैकारण, गिफ्ट जे दिएपनि त्यो गिफ्टसँग अनिवार्य एउटा रातो गुलाफ दिनु उचित हुन्छ ।

टाढा हुनुहुन्छ भने तपाईंलाई कुनै न कुनै माध्यमबाट आफूले माया गर्ने मान्छेलाई उपहार पठाउने सोचले सताएको हुनसक्छ, भेट्न नसकेपनि गिफ्ट पठाएर आफ्नो माया व्यक्त गरे भ्यालेन्टाइनको विशेष अवसर फिक्का नजाला ।

हुन त भ्यालेन्टाइनलाई प्रेमी प्रेमिकाको दिवसको रुपमा मात्र हेर्न जरुरी छैन । यो मायाको दिवस हो, माया आफ्नो आमा, बुवा दिदी बहिनी या दाजुभाइसँग पनि हुन्छ । तसर्थ, भ्यालेन्टाइन विशेष उपहार आफ्नो प्रिय मानिसलाई पठाउदै एक कल फोन गरेर मिठो कुराकानी गरी समेत यो भ्यालेन्टाइनलाई विशेष बनाउन सक्नुहुनेछ ।

यदि तपाईं विदेशमा बस्नुहुन्छ र नेपालमा बस्ने आफ्नो प्रियजनलाई अप्रत्याशित आश्चर्य उपहारहरू पठाउन चाहनुहुन्छ भने हाम्रो पात्रो मार्फत आकर्षक छुटमा गिफ्टहरु पठाउन सक्नुहुनेछ ।

यहाँ हामीले यो विशेष अवसरमा दिन सकिने केहि गिफ्टहरु उल्लेख गरेका छौं :

१. चकलेट, टेड्डी र गुलाफ (Chocolate, Teddy and Rose)

प्रायजसो छोरी मान्छेहरूलाई अत्यन्त मन पर्ने कुरा भनेको चकलेट र टेड्डी हो । चकलेटको स्वाद र टेड्डीको आभाषको साथमा रातो गुलाफ तपाईंको प्रेमिकाको लागि आकर्षक भ्यालेन्टाइन गिफ्ट हुनसक्छ ।

२. कस्टमाइज्ड कप र कुशन (Customized Cup and Cushion)

आफ्नो प्रियजनलाई मनपर्ने तस्वीरहरू छापेर कप र कुशन गिफ्ट स्वरूप दिन सकिन्छ। कप र कुशन लामो समय सम्म आफ्नो साथ नै रहने हुँदा यो भ्यालेन्टाइनको सम्झना लामो समयसम्म रहन सक्छ ।

३. कस्टमाइज्ड चकलेट (Customized Chocolates)

आफ्नो प्रेम सम्बन्धलाई चकलेटको स्वाद जतिकै मिठो बनाउन चाहनुहुन्छ भने आफ्नो प्रेमी प्रेमिकालाई चकलेट बक्समा सुमधुर अनि रोमान्टिक सन्देश लेखेर समेत गिफ्ट दिन सक्नुहुनेछ ।

४. केक

केक कसलाई मन पर्दैन होला र । केक दिएर सँगै नभए पनि प्रेमको आभास दिन सकिन्छ । भ्यालेन्टाइन डेमा तपाईका प्रियजनहरूको लागि केक एक अद्भुत गिफ्ट हुनसक्छ हो जसले प्रेमको मिठोपनको बरकरार गराउन मद्दत गर्दछ ।

५. फोटो फ्रेम

आफ्नो प्रियजनको फोटो राखेर फ्रेम गिफ्ट दिंदा पनि यसले मायाको महसुस गराउन सकिन्छ । अझ यसमा दुबैजनाको कुनै महत्वपूर्ण समयको तस्विर राख्दा अझ महत्व राख्छ । विगतको कुनै महत्वपूर्ण पलको फोटो सहितको फ्रेम दिन सक्नुहुनेछ ।

६. नेक्लेस

महिला वर्गलाई अर्को अत्यन्त मन पर्ने कुरा भनेको गहना हो । गहनामा पनि नेकलेस धेरै उत्सवहरूमा काम लाग्छ र त्यो लगाउदा उनीहरूमा प्रेमको भावना बढेर जाने निश्चय छ । तपाईंको प्रेमिकाको लागि नेकलेस पनि आकर्षक भ्यालेन्टाइन गिफ्ट हुनसक्छ ।

यदि तपाईंहरू अझ पनि आफ्नो प्रियजनलाई दिने उपयुक्त गिफ्टको बारे अन्योलमा हुनुहुन्छ भने तल दिईएको लिंकमा क्लिक गरेर आफ्नो अन्योललाई मेट्न सक्नुहुनेछ ।

प्रेमको उत्सव यो “भ्यालेन्टाइन डे” हाम्रो गिफ्ट्सको साथमा मनाउनुहोस् ।

तपाईले के रोज्नुहुन्छ भन्ने फरक पर्दैन, सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईको प्रियजनलाई तपाई कत्तिको ख्याल राख्नुहुन्छ भनेर देखाउनु हो । चाहे भव्य इशारा गरेर होस् वा साधारण गिफ्ट दिएर होस्, तपाईंले आफ्नो उपहारमा राख्नुभएको विचार र माया यो भ्यालेन्टाइन डेलाई सम्झनाको लागि निश्चित हुनेछ ।

त्यसोभए, तपाइँ के को लागी प्रतीक्षा गर्दै हुनुहुन्छ? उपहारहरूको हाम्रो गिफ्टस्को पेजमा गइ ब्राउज गर्नुहोस् र यो भ्यालेन्टाइन डे सम्झना लायक बनाउनुहोस् । हाम्रो सजिलो र सुविधाजनक उपहार वितरण सेवाको साथ, तपाईंले आफ्नो उपहार संसारको जुनसुकै ठाउँमा आफ्नो प्रियजनको ढोकासम्म पुर्‍याउन सक्नुहुन्छ । हाम्रो गिफ्टस् सेवाबाट उपहार पठाउँदा काठमाडौँ, ललितपुर र भक्तपुर लगायत विराटनगर, धरान, इटहरी, जनकपुर, वीरगन्ज, बनेपा, भरतपुर, पोखरा, बुटवल, भैरहवा र लुम्बिनीमा पनि पठाउन मिल्छ ।

गिफ्टस् उपहार मात्रै होइन यो खुसी साट्ने बाहना हो, आत्मियताको भावना हो ।

प्रेम दिबसको हार्दिक सुभकामना!



from हाम्रो पात्रो "https://ift.tt/qbIS9ex"
via IFTTT

Post a Comment

0 Comments