अन्तर्राष्ट्रिय शिक्षा दिवस

अन्तर्राष्ट्रिय शिक्षा दिवस

HamroPatro

शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्व पनि हो। संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको पहुँच सबै जना समक्ष नपुगुन्जेल सबैका लागि जीवनभरका अवसरहरू बिना, देशहरू लैङ्गिक समानता हासिल गर्न र लाखौँ बालबालिका, युवा र वयस्कहरूलाई पछाडि छोड्ने गरिबीको चक्रलाई तोड्न सफल हुनेछैनन्।

आज पनि २४४ मिलियन बालबालिका र युवाहरू विद्यालय बाहिर छन्, र ७७१ मिलियन वयस्कहरू निरक्षर छन्। उनीहरूको शिक्षाको अधिकार हनन भइरहेको छ जुन कुरा आजको विकसित विश्वमा लज्जास्पद छ । शिक्षामा रूपान्तरण गर्ने बेला अब आएको छ भन्ने नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा

यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा पनि to invest in people, prioritize education हो जसको अर्थ मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्रार्थमिक्तामा राख्न पैरवी गरौँ भन्ने लाग्दछ । सन् २०२० को सेप्टेम्बर मा संयुक्त राष्ट्र रूपान्तरण शिक्षा शिखर सम्मेलनले उद्घोष गरेको विश्वव्यापी गतिको निर्माण गर्दै, यस वर्ष शिक्षाको वरिपरि बलियो राजनीतिक परिचालन कायम राख्न र प्रतिबद्धताहरू र विश्वव्यापी पहलहरूलाई कार्यमा रूपान्तरण गर्ने विश्वका सबै राष्ट्रहरूलाई आह्वान गर्नेछ। विश्वव्यापी मन्दी, बढ्दो असमानता र जलवायु सङ्कटको पृष्ठभूमिमा सबै दिगो विकास लक्ष्यहरूमा प्रगतिलाई गति दिन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने तथ्यलाई आज थप उजागर गरिन्छ ।

युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा अफगानिस्तानमा शिक्षाको अधिकारबाट वञ्चित भएका बालिकाहरू र महिलाहरूलाई समर्पित गर्दैछ। यस वर्षको शिक्षा दिवसले उनीहरूको अफगानिस्तानमा भएको शिक्षामा पहुँच प्रतिबन्धित बन्देज तत्काल हटाउन आह्वान गरिरहेको छ।

विद्या धनं सर्वप्रधानम

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/iVxhaoC"
via IFTTT

Post a Comment

0 Comments