पुस्तक समीक्षाः एकलव्य

पुस्तक समीक्षाः एकलव्य

सुनबी पोखरेल

प्रवेश:

‘एकलव्य’ रोशन पोखरेलद्वारा लिखित एक प्रेरक लघु उपन्यास हो । रोशन पोखरेल जसले किशोरावस्थाका बालबालिकाका लागि पुस्तकहरू लेख्छन् । एकलव्य उपन्यास वहाँको एक प्रसिद्ध उपन्यासहरू मध्ये एक हो । एकलव्य उपन्यासले पौराणिक कथालाई समेटेको छ । उपन्यास द्वापर युगको अभिदुयम्न अर्थात अभय पात्रको जीवन कथा वरिपरि घुम्छ । जीवन कथा मात्र नभएर यो एक परिश्रम, त्याग र समर्पणले लक्ष्य प्राप्तिका लागि गरेको सङ्घर्षको इतिहासको कथा पनि हो । यस पुस्तकले एउटा कथालाई मात्र नसमेटेर समाजमा देखि आएका थुप्रै समस्याहरूलाई पनि समेटेको छ ।

कथावस्तु:

एकलव्य द्वापरयुगको एक कथा हो । यस कथामा अभिदुयम्न नामक पात्र मूल पात्र रहेका छन् । अभिदुयम्न एक भिल्ल जातिका अर्थात् जनजाति समाजको एक सदस्य थियो । उनका पिताको नाम निषधराज थियो र उनीहरू शृङ्गवेरपुर नामक राज्यमा बस्थे । निसाधराजजङ्गलमा बस्ने भिल्ल जातिका नायक् थिए । निषाधहरू जङ्गलमा शिकार र खेतीपाती गरेर आफ्नो जीवन चलाउँथे । अभिदुयम्नलाई सबैले माया गरेर अभय भनेर बोलाउँथे । अभयका आमाबुबाले उनलाई राम्रो शिक्षा दिनुभएको थियो । त्यसैले पनि होला उनी एक बहादुर र बुद्धिमान मानिस बन्न पुगेका थिए । उनको मनमा सानो चं८दा देखि नै क्षत्रिय जातिका मानिस जस्तै सीप सिक्ने मन थियो तर जनजातिले भने त्यसो गर्न पाउँदेन थिए । अभयलई विशेषत: धनुर्विद्या सिक्ने इच्छ थियो । सानो हुँदा देखि नै उनी धनुष बनाएर चलाईरख्थे । उनको धनुष प्रतिको लगाव देखेर निसाधराज चिन्ता पनि लिन्थे । भिल्ल जातिको भएर धनुष चलाउन हुँदैनथ्यो । एक दिन उनीहरू बस्ने ठाउँमा बाघ आएको थियो । सोही बाघले गाउँका धेरै जस् र बाच्छालाई घाइते बनाएको थियो । यसले गर्दा गौँलेहरूको ठुलो नोक्सानी भएको थियो । अभयले त्यस बाघलाई भगाइदिएका थिए । उनले आफूले सिकेका धनुर्विद्याको प्रयोग गरेर बाघलाई गाउँबाट निकाल्न सफल भएका थिए । उनको धनुर्विद्या निकै राम्रो थियो तर उनको सिपलाई निखार्न एउटा गुरूको आवश्यकता थियो । त्यसैले उनले हस्तिनापुरका गुरू द्रोणाचार्यको शिष्य बन्ने निर्णय गरे । द्रोणाचार्यको बारेमा उनले धेरै नै सुनेका थिए । द्रोणाचार्य जस्ता अद्भुत शिक्षक कोही पनि थिएनन् । त्यसैले उनीसँग धनुर्विद्या सिक्ने इच्छा लिएर उनी निसाधराजसँग हस्तिनापुर गए । जङ्गलको लामो यात्रा पश्चात उनी हस्तिनापुरको राजदरबारमा पुगे । उनले त्यहाँ द्रोणाचर्यलाई भेटे पनि, तर उनले उल्टै भिल्ल समुदायजस्तो तल्लो स्तरको मनिसलाई केही सिकाउँदिन भनेर जातीय भेद गरे । अभय त्यसपछि सारै नै निराश भए । उनको बुबाले उनलाई घर फर्किम् भनेर भने तर उनले भने आफ्नो बुबालाई घर पठाए र आफू भने त्यही जङ्गलमा नै तपस्या गरेर ज्ञान प्राप्त गर्ने निधो गरे । यसपछि उनले जङ्गलमा द्रोणको एउटा मुर्ति बनाए र तपस्या गरेर विध्या अर्जन गर्न थाले । अभयको एक ध्यानले परिश्रम गर्ने भएकाले धेरै मानिसहरूले उनलाई एकलव्य भनेर बोलाउन थाले । एकलव्यले द्रोणको मुर्तिलाई गुरू सर्हा ठानेर धनुर्विद्या सोही मुर्तिबाट नै आर्जन गरिरहे । त्यसपछि उनी एक युद्धका लागि तयार भए । जङ्गलमा उनले एक रक्तासुर नाम गरेको ठुलो राक्षससँग लडेर सम्पूर्ण जङ्गलमा बस्ने मानिसको ज्यान बचाए । अघिल्लो चोटि मारेको सर्पको विषको प्रयोग गरेर जुक्तिपुर्वक उनले राक्षसलाई मारेका थिए । एक दिन जङ्गलमा एकलव्य आफ्ना धनुर्विद्याबाट आर्जन गरेका सिपहरूको अभ्यास गरिरहेका थिए । सोही बेला नै द्रोणले उनलाई देखे । एकलव्यमा भएको प्रतिभा देखेर द्रोण चकित परे । गुरू को हो भनेर सोध्दा द्रोणाचार्य तपाइँ नै हो भन्ने सुन्दा उनी चकित पनि परे । पछि परिचय सोध्दै जाँदा, द्रोणले एकलव्य अभय रहेछन् भन्ने थाहा पाए । द्रोण त्यो कुरा सुनेपछि खुसी हुनुको सट्टा रिसाए र आफ्ना हस्तिनापुरका शिष्यहरूलाई एकलव्यसँग युद्ध गर्न लगाए । सबैजना एकलव्यसँग हारे । अर्जुन् जो द्रोणको सबै भन्दा प्रीय सिष्य थिए र धनुर्विद्यामा निकै प्रतिभाशाली थिए उनीसँग पनि एकलव्यले जीत हासिल गरेको देखेर द्रोण अझै रिसाए । उनले एकलव्यसँग गुरू दक्षिणास्वरुप एकलव्यको बुढी औँला मागे । एकलव्यले पनि केही नसोची गुरू हुन्, दक्षिना मागेका हुन् त्यही भएर दिन्छु भनेर उल्टै खुसी भएर आफ्नो बुढी औँला द्रोणलाई दिए । त्यसपछि भने उनले आफ्नो धनुष उठाउन सकेनन् । त्यो कुरा सहन नसकेर उनी बेहोस भए । बेहोस हुँदा उनले सपनामा द्रोणको पनि बुढी औँला नभएको त्यही पनि उनले धनुष चलाएको देखे । त्यसपछि बुढी औँला बिना पनि धनुष चलाउन सकिन्छ भन्ने सोच उनको मनमा आयो र उनी परिश्रम गरेर बुढी औँला बिना पनि धनुष चलाउन सक्ने भए । थुप्रै धनुर्विद्या आर्जन गरिसकेपछि उनी आफ्नो गाउँ अर्थात् शृङ्गवेरपुर जाने निधो गरे । गाउँ पुग्ने बाटोमा उनलाई केही सिपाहीहरूले हमला गरे । आफूले सिकेको धनुर्विद्याको प्रयोग गरेर उनले ती सिपाहीहरुलाई हराए र घरतर्फ लागे । घर पुगेपछि उनलाई उनको बुबा र आमाले स्वागत गर्नुभयो र सबै खुसी थिए । केही समय लगत्तै उनको घरमा केही बेर पहिले उनीमाथि आक्रमण गर्ने सिपाहीहरू आए । उनीहरूले गरेको त्यो आक्रमण मगधको राजाको एकलव्यको धनुर्विद्याको एक जाँच गर्ने एक परीक्षा मात्र थियो भन्ने कुरा बताए । त्यसपछि एकलव्यको अद्भूत सिप देखेर उनको भर्ना मगध सेनामा भयो ।

निष्कर्ष:

यो उपन्यास मलाई असाध्यै मन पर्यो । पढ्दा पनि ठिक्क पाना भएको र कथाका धेरै भागहरू पनि पहिले नै सुनेको हुनाले यो पुस्तक पाठकलाई निकै नै रोमाञ्चक लाग्ने खालकाे रहेको छ । यस उपन्यासले पाठकलाई द्वापर् युगतर्फ नै फर्काएर लैजान्छ । त्यति मात्र नभएर अहिले अर्थात् कलियुगमा पनि हुँदै आएको जातीय विभेदको कुरा पनि यस पुस्तकले गरेको छ । पढ्न र केही सिक्नको लागि इच्छाशक्ति र परिश्रम चाहिन्छ भन्ने सन्देश यस पुस्तकबाट प्राप्त गर्न सकिन्छ । जहाँ इच्छ छ त्यहाँ नै उपाय छ भन्ने भनाइलाई यस उपन्यासले प्रस्ट पारेको छ । गुरूले तल्लो जातको भएर नसिकाउने भने पनि आफैँ मूर्ति बनाएर सोही मूर्तिलाई नै गुरू मानेर शिक्षा आर्जन गरेका एकलव्य साँच्चै नै एक प्रेरक पात्र रहेका छन् । अन्तत: म यो पुस्तक ११ वर्षभन्दा माथिदेखि १६ वर्षसम्मका सबै पाठकलाई पढ्न सिफारिस गर्छु ।

सुनबी पोखरेल

कक्षा १०

डियरवाक सिफल स्कुल

पुस्तक: एकलव्य

विधा: लघु उपन्यास

लेखक: रोशन पोखरेल

प्रकाशक: काठमाडौँ पब्लिकेसन

पहिलो संस्करण: वि. सं. २०७६ 



from हाम्रो पात्रो "https://ift.tt/zn7DdY0"
via IFTTT

Post a Comment

0 Comments