मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी

मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी

HamroPatro

मुख क्यान्सरको अवस्था:

मानिसको मुख तथा मुखभित्रका सबै अङ्गप्रत्यंगहरूमा क्यान्सर हुने गर्दछ। मुख र घाटीको क्यान्सरलाई एकै साथ भन्नु पर्दा हेडनेक क्यान्सर भनिन्छ । विश्वमा बर्षेनी ६ लाख ४० हजार मानिसमा मुख को अर्बुद (क्यान्सर) हुने गरेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा सन् २०२० मा ५३ हजारभन्दा बढि मुख क्यान्सरका रोगी (दुई तिहाइ पुरूष) भएकोमा दैनिक १३२ जना संक्रमित र एक जनाको मृत्यु हुने गर्दछ ।

नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा क्यान्सरका रोगीहरू दिनानु दिन बढ्दै गरेको पाइएको छ । नेपालमा सर्वाधिक देखा पर्ने क्यान्सरहरूमा हेडनेकको क्यान्सर नै धेरै हुने गरेको पाइएको छ । नेपालमा बर्षेनी करिब ४० हजारका दरले क्यान्सरका रोगीहरू थपिदै गरेको र क्यान्सर अस्पतालहरूमा दैनिक एक जना अर्बुद रोगीको मृत्यु हुने गरेको अवस्थाले अर्बुद रोग भयावह रूपमा बढ्दै गरेको पाइएको छ । नेपालमा मुखको क्यान्सर पहाडको तुलनामा तराईका मानिसहरूमा बढि र घाटीको क्यान्सर पहाडी भेगका मानिसहरूमा बढल देखिने गरेको छ । नेपालमा मुख तथा घाटीका सम्पूर्ण क्यान्सर रोगीहरूमा केबल एक चौथाइ मात्र उपचारको लागि अस्पतालमा धाउने गरेको पाइएको छ ।

उमेर र लिगं:

मुखको क्यान्सर जुनसुकै उमेर, अवस्था र लिगंका मानिसमा हुन सक्ने भएतापनि ५, ६ बर्ष धुम्रपान तथा मध्यपान गरेको मानिसमा देखिने अधिक सम्भावना रहन्छ । विकसित देशहरूमा ५० बर्ष वितेपछि देखिने मुखको क्यान्सर नेपालमा ३० बर्ष देखि नै देखिने गरेको छ । नेपालमा मुख क्यान्सरका सबै रोगीहरूमध्ये ५० बर्ष मुनिका करिब ५० प्रतिशत भएको पाइएकोछ । अमेरिकामा महिलाको तुलनामा दुई तिहाइ पुरूषमा मुख क्यान्सर हुने गरेको छ ।

मुख क्यान्सरको कारण:

धुम्रपान, मध्यपान, सूती तथा सूतीजन्य वस्तु र लागु पदार्थका दूर्व्सनी समलिंगी तथा प्रतिराक्षशक्ति न्यून भएका र असुरक्षित योनकर्मीहरूमा मुख क्यान्सरको प्रकोप धेरै हुने गरेको छ ।

१. सर्तूी र मदिरााः मुख क्यान्सरका करिब ९० प्रतिशत रोगीहरूमा सूर्ती तथा सतूीजन्य पदार्थ (सिगरेट, बिडी, सिगार, तमाखु, सुल्फा, खैनी, चुना आदि) को सेवन र मध्यपानको अग्रणी भूमिका रहेको छ । धुम्रपान र मध्यपान सगंसंगै गर्ने मानिसमा मुखको क्यान्सर हुने जोखिम दुई गुणा बढी हुने गरेको पाइएको छ । १० प्रघतिशत मख क्यान्सर (Squamous Cell Carcinoma ( SCC), Adenoid Cystic Carcinoma (ACC),र Mucoepidermoid Carcinoma (MEC)

२. पान, सुपारी : त्यसैगरी, पान, सुपारी, गुट्रखा, पानपराग, जर्दा अदि सेवन गर्ने अधिकांश मानिसमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।

३. सरसफाइाः नियमित दाँत नमाझ्ने, मुख सफा नगने, गिँजा पाक्ने, हर्षा पर्ने ,दाँतमा दुंगामा जम्ने, दाँत हल्लिने,झर्ने लगायतका समस्या हुने मानिसमा मुखको क्यान्सर हुने जोखिम हुन्छ।

४. पेपिलोमा भाइरसाः अचेल र्विशेषगरि पश्चिम मुलुकहरूमा मुख मैथुन गर्ने युवा युवतिको मुख, किलकिलले र भोजन नलिमा मानव पेपिलोमा (HPV16) नामक मदहलाको पाठेिरको मुखमा क्यान्सर गराउने भा इरसको संक्रमरण भएर मुख क्यान्सर र्व्यापक रूपमा फैलिदै गरेको पाइएको छ ।

क्यान्सर उत्पन्न हुने तरिका: क्यान्सर भनेकै आफै निको नभएर फैलिैदै जाने विशेष प्रकारको घाउ हो। मुखको क्यान्सर एक्कासि हुने नभएर ओठ मुखभित्रका कुनैअङ्गमा लामो समयसम्म घाउ भएर निको नभएमा बारम्बार कोषिकामा हुने दुखाई वा असहजताको कारण कोषिकाको डी एन ए मा विशेष परिवर्तन भएर कोषीका र तन्तुको अनियन्त्रित वृद्धि अंगप्रत्यंगको बनोट तथा कार्यमा हेरफेर हुने क्यान्सरजन्य आवस्था सिर्जना हुन्छ ।

मख क्यान्सरका लक्षण: मुख क्यान्सर कुन ठाउंमा उत्पन्न भएको छ सो अधारमा लक्षणहरु फरक फरक हुन सक्दछन । बिमारीको घाटिमा केही अडकिएको जस्तो लाग्ने, खानेकुरा चपाउन र निल्न गाह्रो हुने, मुख र आठ लाटो हुदै जाने , खानेकुराको लक्शान्हारू मुख क्यान्सरका रेगीहरुमा देखा पर्न सक्दछन।

माथि उल्लेखित सुर्ती , मदिरा वा सुपारीका अम्मली, लागु पदर्ताको दूव्य्सनी र असुरक्षित लगायतका जोखिम पूर्ण कार्यमा संलग्न व्यक्तिले मुख बाउन, चपाउन, निल्न, हांस्न वा बोल्न अप्ठेरो गरेमा मुखको क्यान्सर हुन सक्ने जोखिम अनुमान गर्न सकिन्छ। अधिकांश मानिसले गरेर मुख बनाउन सक्छ तर मुखको क्यान्सर भएमा सामान्य अवस्थामा मुखमा तीन देखी चार वटा औला सहजै कठीन पर्छ। मुखको क्यान्सर बढ्दै जाँदा रोगीलाई खाना खान, चबाउन, निल्न कठिन हुने, खानको रूची घट्ने, कुपोषण हुने, थुक वा खाना सकेर फोक्सोमा जाने र निमोनिया हुन सक्दछ । मुखको क्यान्सर फैलिएर फोक्सो , पेट , कलेजो , दिमाग तथा अन्य भागमा स्थापित भएर मानिसको मृत्यो हुन सक्दछ ।

सामान्यतया मुख क्यान्सर भएका रोगीमा मुख भित्रको कमलो भागमा रातो, सेतो वा कालो रङ्गको दाग वा घाउ देखिनु, त्यस्ता दागमा छुँदा असामान्य रूपले रक्तस्राव हुनु, जिब्रोको फेँदतिर मासुको डल्लो वा गिर्खा बन्ने र फैलने, यस्ता मासुको डल्लाले धेरै ठाउिँ ओगट्ने गरी छिटो बढ्नु, कम्तीमा २ हप्ता अवधिमा घाँटीको बाहिरतिर र दाँतको जरामा नदुख्ने तथा उपचार गरेर पनि निको नहुने साह्रो मसिना डल्ला वा गिर्खा देखिन सक्दछन ।

समय मै निदानः

मुख क्यान्सरलाड़ रोगिको क्लिनिकल परीक्षण, घाउको वायोप्सि, हिस्टोप्याथोलोजी, इम्यूनोहिष्टोकेमिष्टी, डि एन ए परीक्षण लगायतका प्रविधिको प्रयोगशाल्रामा प्रयोग गरी नमूना परीक्षण गरेर निदान गर्न सकिन्छ |

उपचारः

विगतमा दुसाध्य मानिएको क्यान्सर रोगको प्रारम्भिक अवस्थामै पत्ता लगाएर उपचार गरियो भने निको हुन सकदछ अन्यथा मानिसको ज्यानै जान सक्दछ । दोश्रो र तेश्रो चरण सम्मको मुख क्यान्सरको रोगीलाड़ शल्य चिकित्सा, रेडियोथेरापि, केमोथेरापि लगायतका प्रविधिबाट उपचार गरेर निको पार्न सकिन्छ । युनिभर्सिटी अफ टेक्सस अमेरिकाका प्रा. जेम्स पी एलिसन र क्योटो युनिभर्सिटि जापानका प्राध्यापक तासुकु होन्‍जोले शरीरको रोगप्रतिरोधी क्षमताकों विकास गरेर क्यान्सर कोषलाइ नष्ट गर्ने नयाँ कोषको उत्पन्न गराउने प्रभावकारी प्रविधिको विकास गरी सन्‌ २०१८ मा चिकित्साशास्त्रतर्फको नोवेल पुरस्कार पाएबाट क्यान्सर उपचारको क्षेत्रमा नयाँ आसाको किरण देखिएको छ |

नेपालमा मुख क्‍्यान्सरका रोगीहरू रोग तेस्रो चरणमा पुगेपछि मात्र उपचार गराउन चिकित्सकको सम्पर्कमा अउँछन । मुख क्यान्सर तेश्रो चरणमा पुगेपछि शल्यक्रिया, केमोथैरापि र रेडियोथैरापि जस्ता जटिल प्रविधिको अवश्यक पर्ने, उपचार असहज, खर्चिलों तथा जोखिमपूर्ण हुने गर्दछ | यस अवस्थामा मुखको क्यान्सर शरीरका अन्य अंगप्रत्यंगहरूमा फैलने र निको हुन कठिन पर्ने जोखिम हुन सक्दछ ।

मुख क्यान्सरको रोकथाम र सावधानीः

१. सचेतनाः मुख क्यान्सरको बारेमा सचेत भएर पर्याप्त सावधानी अपनाएमा रोग नै नलाग्ने र लागिहालेपनि समय मै रोग निदान र उपचार भएर सहजै निको हुन सक्दछ । हरेक बर्षको अप्रिल ४ तारिखको दिनलाड़ विश्व क्यान्सर दिवस र अप्रिल महिनालाई मुख क्यान्सर सचेतना महिनाको रूपमा मनाउंदै मुख स्वस्थ राख्रे प्रयास गरिन्छ।

२. कुल्तत र नैतिक शिक्षाः मानिसमा मुख क्यान्सर उत्पन्न हुनमा धुम्रपान, मध्यपान, अप्राकृतिक तथा असुरक्षित योन कूडा त्रगायतका अस्वस्थकर बानीव्यहोराको प्रमुख भूमिका हुने भएकाले असल अचरण, अनुशासन, नैतिकता र स्वस्थ जीवन सम्बन्धमा घर र विद्यालयदेखि नै बालबालिकालाड नैतिक शिक्षा दिन अवश्यक देखिन्छ । बालबालिकालाइ धुम्रपान, मध्यपान, असुरक्षित योन, असामाजिक कृयाकलाप, जथाभावी खानपान र बानी व्यहोरा लगायतका जोखिमपूर्ण व्यवहारको बारेमा समय मै नैतिक शिक्षाबाट प्रशिक्षित गरेर मुख क्यान्सरको जोखिम न्यूनीकरणा गर्न सकिन्छ । क्यान्सरको जोखिम घटाउनको लागि स्कुल कलेजदेखिनै सुर्तीजन्य पदार्थ, मदिरा र अमर्यादित असामाजिक कृूया कलाप र जोखिमपूर्ण व्यवहार नगर्ने नैतिक शिक्षामा जोड दिनु पर्छ। सुर्तीजन्य वस्तुको सेवन नगर्नु नै मुखको क्यान्सरबाट बच्ने सजिलो उपाय भअएकाले मुखको क्यान्सर हुनबाट बच्न चुरोट खैनी सुरू नै नगरौं, नैतिकवान र जिम्मेवार नागरिक बनैं।

३. सुधारगृहः खराब बानी व्यहोरा भएका मानिसलाइ सम्झाड़ बुझाड़ गर्नु सबै नागरिकको कर्तव्य हो । दूर्व्यसनीलाइ सुधार गृहमा निस्चित समय राखेर बानी व्यहोरामा सुधार गर्न सकिन्छ ।

४. राजनैतिक प्रतिबध्दताः मुख क्यान्सर एक सामाजिक, अर्थिक, नैतिक र सिंगो समाजकै समस्या भरएकाले यसलाइ उपेक्षा गर्न वा कम महत्व दिएमा अफु, समाज र देश नै बर्बाद हुन्छ । तसर्थ, सबै राजनैतीक दलहरूले मुख क्यान्सरलाइड शून्य पार्द स्वस्थ समाज निर्माण गर्ने लक्ष सहित अवश्यक नीतिगत, संरचना तथा साधन स्रोतयुक्त व्यवस्था गर्न राजनैतिक प्रतिबध्दता हुन आवश्यक देखिन्छ ।

५. कानूनः मुख क्यान्सरको रोकथामका लागि राज्य र व्यक्ति दुवैको उत्तिके भूमिका रहन्छ । सरकारले कर उठाउने प्रलोभन सूर्ती तथा सूर्तीजन्य वस्तु र मदिराको उत्पादन, खुला व्यापार र जथाभावी उपभोगमा छुट दिने र समाजको कमजोरीबाट केबल रकम वा कर असुल गर्ने धुर्त्याड गर्नु हुँदैन । यसको लागि उपयुक्त कानून तर्जुमा र प्रभावकारी कार्यान्वयन गरी समाजमा फैलिएको विकृति र विसंगति नियन्त्रण गर्नु पर्दछ ।

६. अधारभूत स्वास्थ्य र मुख स्वास्थ्यः मुख स्वास्थ्यलाइ अधारभूत स्वास्थ्यमा समावेस गर्ने, सबै॑ तहका अस्पताल र स्वास्थ्य केन्द्रमा दन्‍त चिकित्सा सेवा र दन्त चिकित्सकको व्यवस्था गरी मुख क्यान्सरको शंका लागेमा सर्वसाधारणले सहजै जंचाएर गुणस्तरीय चिकित्सा सेवा सुलभ गराउन र मुखमा देखिने जुनसुकै समस्या पनि क्यान्सरमा परिणत भएर मृत्यु नै कुर्न वाद्य हुनु पर्नें अवस्थाको सहजै अन्त्य गर्न सकिन्छ |

७. गुणस्तरीय स्वास्थ्य सेवाको सुन्रभताः मुख स्वास्थ्यलाइ अधारभूत स्वास्थ्य सेवामा समावेश गरी गुणस्तरीय चिकित्सा सेवामा सर्वसाधारणको पहुंच सुनिस्चित गर्न उपयुक्त नीतिगत, गठनात्मक संरचना र कार्यक्रममा समय सापेक्ष परिवर्तन ल्याउनु पर्ने देखिन्छ ।

८. सेवा सुविधा र नैतिक शिक्षाः सरकारले क्यान्सरका रोगीलाई एक लाख रुपियाँ दिदैमा क्यान्सर न्युनीकरण नहुने भएकोले क्यान्सर गर्नें अनैतिक तथा असामाजिक जोखिम पक्ष नियन्त्रण, नैतिक शिक्षा प्रबर्धन गर्न अवश्यक देखिन्छ ।

९. नियमित जाँचः सके ६, ६ महिनामा र नभए कम्तिमा एक बषर्मा नियमित रूपमा दन्तचिकित्सकलाई मुख जाँच गराउनाले मुख क्यान्सरको समय मै मुख क्यान्सरको निदान र उपचार भै मृत्युको मुखमा पुग्न पर्दन । 

डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे र डा. आदर्श खनाल

सुमेन डेण्टल होम प्रा.लि., बसुन्धरा, काठमाण्डु



from हाम्रो पात्रो "https://ift.tt/U4l6gOc"
via IFTTT

Post a Comment

0 Comments