अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस

HamroPatro

“समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशत भन्दा बढी निको हुन्छ”- कान्ति बाल अस्पताल

हरेक वर्ष फेब्रुअरी १५ तारिख का दिन अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यस दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस बाल्यकालको क्यान्सरको बारेमा सचेतना जगाउन र क्यान्सर पीडित बालबालिका र किशोर किशोरीहरू, बाँचेकाहरू र उनीहरूका परिवारहरूका लागि समर्थन व्यक्त गर्न विश्वव्यापी सहयोगी अभियान हो।

के तपाईँलाई थाहा छ ?

 यस संसारमा हरेक ३ मिनेटमा एउटा बालबालिका क्यान्सरका कारणले मर्ने गरेको तथ्याकं छ ।

यसबाट पनि बालबालिकामा क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दछौँ ।

प्रत्येक वर्ष, ४००,००० भन्दा बढी बालबालिका र २० वर्ष मुनिका किशोरहरूलाई क्यान्सरको निदान गरिन्छ। यसरी क्यान्सर लागेका बालबालिका र किशोरकिशोरीहरुको बाँच्ने दर उनीहरू बस्ने देश र क्षेत्रमा निर्भर गर्दछ, धेरै जसो उच्च आय भएका देशहरूमा ८० प्रतिशत बाँच्ने सम्भावना र कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको तथ्याकं छ ।

डब्ल्यूएचओ ग्लोबल चाइल्डहुड क्यान्सर इनिसिएटिभको लक्ष्य लक्ष्य भनेको क्यान्सरसँग लडिरहेका बच्चाहरूको सबै पीडा र पीडालाई हटाउन र सन् २०३० सम्ममा विश्वभर क्यान्सरको निदान भएका सबै बालबालिका र किशोरकिशोरीहरुको लागि कम्तीमा ६० प्रतिशत बाँच्ने लक्ष्य हासिल गर्नु हो।

वर्ष २०२३ को अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस को नारा चाहिँ ‘Better Survival’ is achievable #throughyourhands रहेको छ ।

हरेक वर्ष विश्वभर करिब २८०,००० जना १९ वर्ष मुनीका जनसख्याँमा क्यान्सर भएको पाइन्छ । अलिक उच्च आय भएका देशमा ८० प्रतिशत क्यान्सर भएका बालबालिकाहरूको उपचार सम्भव भएको तथ्य छ तर निम्न आय भएका देशहरूमा भनेँ केवल २० प्रतिशत हरू मात्र उपचार भएर निको हुने तथ्य छ ।

वर्ष २०२३ को अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस को अर्थपूर्ण शुभकामना छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/SKOqhxY"
via IFTTT

Post a Comment

0 Comments