रुद्राक्ष महिमा तथा परिचय

रुद्राक्ष महिमा तथा परिचय

HamroPatro

चारमुखी रुद्राक्षः– चारमुखी रुद्राक्षलाई साक्षात् चतुर्मुखी ब्रह्माको प्रतीक तथा देवी सरस्वतीको प्रतिनिधि मानिएको छ। यसको संचालक ग्रह बुध हो, त्यसकारण यो चारमुखी रुद्राक्ष शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नमा सहायक हुन्छ। चारमुखी रुद्राक्षले बुध जन्य हानिकारक प्रभाव समाप्त गर्ने र देवी सरस्वतीलाई प्रसत्र गर्नका लागि उत्तम मानिएको छ। चारमुखी रुद्राक्षलाई कुनै विशिष्ट कार्यमा सफलता प्राप्तगर्न, अनुसन्धानमा पूर्णता प्राप्त गर्न, कलामा निपूण बत्र, शिक्षा, कला–कारितामा सफलता प्राप्त गर्न यो रुद्राक्षले ठूलो सहयोग पुर्याउँछ। बुधको कारण कुनै शब्द स्पष्ट उच्चारण हुन सकेको छैन र जसको स्मरण शक्ति कमजोर छ त्यस्ता व्यक्तिहरुका लागि चारमुखी रुद्राक्ष अत्यन्त शुभदायक हुन्छ। यो रुद्राक्ष विद्यार्थी तथा विद्वान महापुरुषहरुका लागि धारण गर्न अति आवश्यक देखिन्छ। रुद्राक्ष धारण गर्ने जातकके “ॐ ह्रीं नमः” यो बीज मन्त्रको पुरश्चरण गरी बुधवारका दिन धारण गर्नाले रुद्राक्षको प्रभाव शीघ्र देख्न सकिन्छ।

लाभः– चारमुखी रुद्राक्ष धारण गर्नाले दिमाखी कमजोरी समाप्त हुन्छ, सात्विक विचार तथा धर्मको प्रति आस्था जागृत हुन्छ, स्नायु तथा मानसिक रोगबाट मुक्ति मिल्छ। यो चारमुखी रुद्राक्षले बौद्धिक सुस्ती, बुद्धि–एकाग्रता, स्वस्थमन, मस्तिष्क–विकार, प्यारालाइस, त्वचारोग, नासिका रोग, दमको रोग जस्ता अनेक व्याधिहरुबाट बचाउँछ।

पंचमुखी रुद्राक्षः– पंचमुखी रुद्राक्ष भगवान शिवको प्रतिनिधि हो र यो कालाग्नि नामक रुद्रको नियन्त्रणमा हुन्छ। यो रुद्राक्ष शिवद्वारा नियंत्रित तथा यसको संचालक ग्रह वृहस्पति हो। पंचमुखी रुद्राक्षले मानसिक तनाव, शत्रुनाश तथा साँप, विच्छू जस्ता जहरीला जनावरको भयबाट मुक्ति दिलाउँछ। यो रुद्राक्षको प्रभाव चित्तमा हुन्छ जुन कारणले गर्दा मानिसहरू मानसिक अशान्तिको सामना गरिरहेका हुन्छन्। त्यसै त मानिसको जीवनमा कुनै न कुनै कामको स्थिति चलिरहेको हुन्छ। कतिपय काम त मनमा नै बुनिरहेका हुन्छन्। कयौं कामका लागि लोक–व्यवहारमा कायिक (कर्मले) गरिरहेका हुन्छन्। त्यसैले सरल भाषामा यो रुद्राक्ष प्रत्येक मनुष्यले धारण गर्न योग्य छ। पंचमुखी रुद्राक्षले शरीरमा रक्त संचारलाई नियन्त्रण गर्दछ तथा रक्त–बिकार र दुव्र्यसनबाट बचाउँछ। यो रुद्राक्षको कारकग्रह वृहस्पति हो। देवतामा भगवान्विष्णुको प्रत्यक्ष दृष्टि परेको हुन्छ। पंचमुखी रुद्राक्ष धारण गर्ने व्यक्तिले “ॐ ह्रीं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर वृहस्पतिवारका दिन मात्र धारण गर्नु पर्दछ।

लाभः– यो रुद्राक्ष पंच ब्रह्म तथा पंचतत्वको प्रतीक हो। पंचमुखी धारण गर्नाले दुर्घटनामा मृत्यु हुनबाट बचाउँछ, यसले वृहस्पतिको नराम्रो पक्षलाई अर्थात् वृहस्पतिबाट उत्पत्र कष्टलाई भगाउन सहायक हुन्छ। पंचमुखी धारणले मन शान्त रहन्छ, चित्तको चंचलता स्थिर हुन्छ, रक्तचाप, मधुमेह, कान, गुर्दा, जंघा, उदर पीडा, अस्थि, मज्जा, जिगर तथा खुट्टा आदिमा भएको रोगलाई ठीक गर्दछ।

छःमुखी रुद्राक्षः– छमुखी रुद्राक्षलाई षडानन कार्तिकेयको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शुक्र हो। छःमुखी धारण गर्नाले शत्रुमाथि विजय प्राप्तहुन्छ तथा व्यक्तिको आंतरिक सुसुप्त शक्ति जागृत हुन्छ। छःमुखी रुद्राक्षलाई भगवान गणेशको स्वरूप पनि मानिएको छ। सुख तथा ऐश्वर्यका लागि समाज सेवामा आफ्नो लक्ष्य पूरा गर्नका लागि, व्यापारमा सफलता प्राप्तिका लागि, निष्पक्ष पत्रकारिताका लागि कुनै संस्थानमा धन तथा बहुमतका लागि छःमुखी रुद्राक्ष प्रभावकारी मानिन्छ। यो रुद्राक्ष धारण गर्ने जातकले “ॐ ह्रीं हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शुक्रवारका दिन धारण गर्नाले रुद्राक्षको प्रभाव पूर्णरूपमा देख्न तथा अनुभव गर्न सकिन्छ।

लाभः– यो छःमुखी रुद्राक्ष धारण गर्नाले कार्यमा सफलता, ऋद्धि–सिद्धि प्राप्त, व्यापार तथा नोकरीमा उत्रति, आत्मबलमा वृद्धि, ज्ञानशक्तिको संचार, शुक्र जनित रोगबाट मुक्ति तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुन्छ। काम, क्रोध, मद, लोभ, मोह, अहंकार जस्तो भावनामा नियंत्रण रहन्छ।

ब्रह्महत्या जस्तो भयंकर पापबाट मुक्ति मिल्छ। चर्मरोग, हृदयरोग, नेत्ररोग, हिस्टीरिण तथा स्त्री–

सम्बन्धित रोग, प्रजनन अंग, प्रोस्टेट, मुख तथा कण्ठरोग, मानसिकरोग, क्यान्सर, रक्तचाप, दिमाखी कमजोरी आदि बिमारीबाट छुटकारा प्राप्त हुन्छ।



from हाम्रो पात्रो "https://ift.tt/5M8D6qB"
via IFTTT

Post a Comment

0 Comments