स्कन्द षष्ठी

स्कन्द षष्ठी

HamroPatro

भगवान् शिवको ज्येष्ठ सुपुत्र स्कन्द हुन जसलाई कुमार कार्तिकेय भनेर पनि सम्बोधन गरिन्छ । स्कन्द षष्ठिका दिन कुमार कार्तिकेयको पूजा अर्चना गरिन्छ । हरेक महिना शुक्ल पक्षको षष्ठिका दिन स्कन्द षष्टि मनाइन्छ ।

यस दिन व्रत बस्ने र पूजा अर्चना गरेर कुमार कार्तिकेय र माता पार्वतीको सम्झना गर्न सकिएमा विåघ्न बाधाहरू हट्ने विश्वास राखिन्छ ।

स्कन्द पूजाको मन्त्र यस प्रकार छ ।

देव सेनापते स्कन्द कार्तिकेय भवोद्भव, कुमार गुह गांगेय शक्तिहस्त नमोस्तु ते॥

ऊँ ऐं हुं क्षुं क्लीं कुमाराय नमः

ऊँ नमः पिनाकिने इहागच्छ इहातिष्ठ

ऊँ नमः पशुपतये

दियो कलश स्थापना गरेर गणेश भगवानको प्रतिमा स्थापना गर्दै आजको दिन पूजा सुरु गरिन्छ । स्कन्द षष्टिको प्रतापले सबैको कष्ट निवारण होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/gWrdhzE"
via IFTTT

Post a Comment

0 Comments