माखो
माखो
उद्धव देवकोटामहमा नै डुबाएपनि
माहुरी बन्दो रहेनछ माखो
आखिर बुर्कुसिंदै, उफ्रिदै,उचालिंदै
अहमताको स्प्रीङ्गमा आरोहण गरेरै
छाड्दो रहेछ रछानको पहाड !
उसलाई बेकार लाग्छ फूलको पराग
त्यसैले उसले फूल हेर्दैन र चिन्दैन
र मन पराउदैन सामुखका स्प्रेहरु
एकतमास एकोहोरिएर खोजी रहन्छ
पलाँसभरि गुलाफको सुगन्ध !
कहिलेकाहीँ लठ्ठीएर सुगन्धको महकमा
बतासिंदा बतासिंदै चोबलिन्छ चियाका कपमा
र जलेवीको चास्नीमा सास नजाउन्जेल र नअघाउन्जेल
अनवरत खाईरहन्छ र रमाइरहन्छ दधिचीका हाडहरुमा !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
from हाम्रो पात्रो "https://ift.tt/W52gTe3"
via IFTTT
Post a Comment
0 Comments