गहभरी आँसु

गहभरी आँसु

बि.बि.एम सन्न्यासी

सुख छैन गहभरी मेरो आँसु भा छ

र त यो जिन्दगी कसरी बाँचु भा छ !

के गर्दै होलिन् छोडी आएँ समुन्द्र

पारी उता एक्लै मेरी मायालु भा छ ! 

मलाई साथीभाईहरुले खोज्यो भने

प्रिय भनिदिनु विदेश जानू भा छ !

विदेशी रहनसहनअनि भाषा अलग

अलग आमा शब्द पनि मामु भा छ !

प्रदेशमा हेपाई अनि गाली सुन्नु पर्दा

अहिले नै विदेश छाँडु छाँडु भा छ !!

-------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्



from हाम्रो पात्रो "https://ift.tt/rRITNCQ"
via IFTTT

Post a Comment

0 Comments