विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

HamroPatro

अडियो सुन्नुहोस

दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूपमा भाग लिनबाट वञ्चित छन्।

उच्च शिक्षामा विज्ञान प्रविधिगत क्षेत्रमा महिला सहभागिताको विश्वव्यापी तथ्याङ्क

हाल विश्वभरका अनुसन्धानकर्तामध्ये ३० प्रतिशतभन्दा कम महिला छन्। सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM-सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM-सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ । विश्वव्यापी रूपमा, महिला विद्यार्थीहरू, आईसीटी (३ प्रतिशत), प्राकृतिक विज्ञान, गणित र तथ्याङ्क (५ प्रतिशत) र इन्जिनियरिङ्, उत्पादन र निर्माण (८ प्रतिशत) गरी कम छन्।

लैगिंक समानता आजको आवश्यकता र चुनौती दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरू चलाइने गर्दछ जसमा हरेक वर्ष फेब्रुअरी ११ तारिखको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो ।

महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडि रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त रु हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र सङ्घले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ।

आजको दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/UMTDC1s"
via IFTTT

Post a Comment

0 Comments