रुद्राक्ष महिमा तथा परिचयः–

रुद्राक्ष महिमा तथा परिचयः–

HamroPatro

यहाँ मैले रुद्राक्षको संक्षिप्त परिचय वर्णन गर्ने प्रयास गरेको छु। आजको प्रयोगात्मक युगमा हामीहरू प्रयोग सिद्ध गरेर मात्र यसमा विश्वास गर्ने गर्छौ, किनकि हाम्रो मानसिक स्तर त्यसै किसिमको बनिरहेको छ। लोक व्यवहारमा रुद्राक्षको घट्दो प्रयोगका कारण वनस्पतीय गुण हामीले भुलिसकेका छौं, त्यसैले यहाँ रुद्राक्षको विषयमा विशेष जानकारी प्रस्तुत गर्न आवश्यक छ। सामान्य रूपमा देखिने रुद्राक्षको बोटमा अनेकौं विशेषताहरु हुन्छन्। रुद्राक्ष भगवान शिवलाई अत्यन्त प्रिय छ।

रुद्राक्षको दर्शनले, स्पर्शनले तथा रुद्राक्षको मालाले जप गर्ने हो भने समस्त पापहरू तत्क्षण नै समाप्त भएर जान्छन्। पूर्वकालमा भगवान शिवले सम्पूर्ण जगतको उपकार गर्नका लागि देवी पार्वतीको अगाडि रुद्राक्ष महिमाको वर्णन गर्नुभएको थियो। शिव पुराणको एक आख्यानमा भगवान शिवले माता पार्वतीलाई भत्रु भएको छ कि– हे महेश्वरि शिवे! म तिम्रो प्रेमवश भक्तहरूको हितको कामनाले रुद्राक्ष महिमाको वर्णन गर्दछु सुन। हे महेश्वरि! पूर्वकालको कुरा हो, म आफ्नो मनलाई संयममा राखेर हजारौं हजार दिव्यवर्ष पर्यन्त घोर तपस्यामा लागि रहें। एकदिन सहसा मेरो मन क्षुब्ध भयो। हे परमेश्वरि! म सम्पूर्ण संसारलाई उपकार गर्नेवाला स्वतन्त्र परमेश्वर हुँ। अतः त्यो समय मैले लीलावश नै आफ्ना दुबैनेत्र खोलें, नेत्रखोल्दा वित्तिकै मेरा मनोहर नेत्रहरूबाट केही थोपा आँशु झरे, आँशुको त्यो विन्दुबाट त्यहाँ रुद्राक्ष नामक वृक्ष उत्पत्र भयो। भक्तहरुमाथि अनुग्रह गर्नका लागि ती अश्रुविन्दु स्थावरभावमा प्राप्त भए। ती रुद्राक्ष मैले विष्णुभक्त तथा चारै वर्णका लागि वितरण गरिदिएँ। भूतलमा मेरो प्रिय रुद्राक्षलाई मैले समुद्री सतहदेखि तराई, पहाड तथा हिमालयको काखसम्म रुद्राक्ष पाइने वातावरण सृजना गरेको छु। यो बोटले जस्तोसुकै वातावरणलाई पनि सहन गर्न सक्दछ। रुद्राक्षको विरुवालाई सार्ने समय भनेको वर्षा ऋतु र शरद ऋतु हो, अर्थात् श्रावण, भदौ, असोज र कार्तिकमा सारिएको विरुवा संक्रमण विना हुर्किन्छ। औषधीय गुणले युक्त भएको हुनाले सामान्य रूपमा रुद्राक्षको बोटमाथि कीट, पतङ्ग या पशु चौपाया कसैले पनि आक्रमण गर्दैनन्। यो बोट करीब ५० देखि ६० फिटसम्म अग्लो हुन्छ र भरपुर छायाँ तथा फल दिन सक्छ। रुद्राक्षको बोटमा ऐजेरु लाग्दैन र यसलाई वर्णशंकर (कलामी) बनाउन सकिदैन, यो बोटमा हुने मुख्य विशेषता हो। रुद्राक्षको बोटमा चरा–चुरुङ्गीहरु आफ्नो वासस्थान (गुण) बनाउँदैनन् र रुद्राक्षको जरा भएको ठाउँमा मुसा, भ्यागुता, सर्प, विच्छु पनि बस्दैनन्। साधना गर्ने साधकहरू सुरक्षित मानेर रुद्राक्षको बोटमुनि ध्यान तथा साधना गर्ने गर्दछन्।

रुद्राक्षको पात सामान्य नै हुन्छ तर पातमा औषधीय गुण भरिएको हुन्छ। रुद्राक्षको कलिलो पातको प्रयोगले वात, पित्त तथा कफ आदि त्रिदोषको समन गर्दछ, अर्थात्यही अद्भुत क्षमता रुद्राक्षमा छ। यदि पाकेको (पुरानो) पातलाई चूर्ण बनाएर साना बाल–बालिकाहरूलाई दूधको साथमा नियमित दिने हो भने नेत्र ज्योती बढ्छ, बोल्दा अप्ठ्यारो हुने, अट्किएर बोल्ने तथा स्मरण शक्ति शुष्क छ भने त्यो पनि नाश हुन्छ। स्त्रीमा मासिक धर्मको गडबडी छ भने, सन्तान उत्पादनमा कुनै समस्या छ भने समभाग पुराना रुद्राक्षको पातको चूर्ण तथा मिश्री नियमित सेवन गर्नाले समस्या समूल नष्ट हुन्छ। त्यस्तै कसैमा मानसिक रोगको समस्या छ भने पनि यहि चूर्ण सेवन गर्नाले आराम मिल्दछ। पुरुष वर्गहरूमा प्रजनन क्षमताको कमी छ भने रुद्राक्षको चन्दन घोटेर दूधसंग सेवन गर्नाले नपुंसकता हट्दछ। चर्मरोगमा पनि रुद्राक्षको चन्दन गोमूत्रसंग लेपन गर्नाले आराम–दायी एवम्उपयोगी मानिन्छ।

यो त भयो रुद्राक्षको परिचय तथा औषधीय प्रयोग। अब रुद्राक्षको फल र त्यसको विशेषता अनि धारण बिधिको विषयमा जानौं। रुद्राक्षको फल हेमन्त ऋतुमा पाक्ने गर्दछ र यो फल अरु फल जस्तै सामान्य नै हुन्छ। चरा–चुरुङ्गीहरूले यो फललाई अत्यधिक मन पराउँछन्। त्यसैले यस भित्रको बियो बोटमा टाढा–टाढा भेट्न सकिन्छ। मैदानी भूभागमा पाइने रुद्राक्षको तुलनामा पहाडी भागको रुद्राक्ष ठूलो तथा बलियो हुन्छ। रुद्राक्ष तीन किसिमका हुन्छन्– अमला जत्रो, बँयर जत्रो र केराउको दाना जत्रो।

१. अमलाको आकारको रुद्राक्षः– यो रुद्राक्ष सबैभन्दा श्रेष्ठ मानिन्छ, पुष्ट तथा घाम लाग्ने ठाउँमा फलेको रुद्राक्ष श्रेष्ठ हुन्छ र यो धारण गर्न तथा औषधीय प्रयोगका लागि अत्यन्त उपयोगी मानिन्छ। यसको पुष्टताको परीक्षण गर्ने तरिका पनि सरल हुन्छ। यदि कुनै रुद्राक्ष पूर्णरूपले विकशित छ भने त्यो दानामा एकापट्टि मुख बनेको हुन्छ र अर्कोपट्टि बन्द हुन्छ।

२. बयँरको दाना जत्रो रुद्राक्षः– यो रुद्राक्षको आकार बँयरको जत्रो हुन्छ र यो पहाडको तल्लो भाग तथा तराईमा पाइन्छ। गुण–धर्मको कुरा गर्ने हो भने यो ठूलो रुद्राक्षको तुलनामा अलि कमजोर नै हुन्छ।

३. केराउको दाना जत्रो रुद्राक्षः– यो रुद्राक्ष पनि तराई तथा पहाडको तल्लो भागमा नै पाइन्छ र यो रुद्राक्षको अविकसित रूप हो। यदा कदा हामी सानो दाना भएको कारणले माला बनाएर धारण गर्ने गर्छौं वा धारण गरेको देख्न सक्छौं, तर सानो दानाको प्रयोगले कुनैपनि फायदा दिन सक्दैन र यसमा औषधीय गुण पनि भरिएको हुँदैन।

अब एकमुखीदेखि एक्काइस मुखीसम्मका रुद्राक्षको महिमा र धारण गर्ने विधि हेरौंः–

१. एकमुखी रुद्राक्षः– शिव पुराणको अनुसार एकमुखी रुद्राक्ष साक्षात्भगवान शिवको स्वरूप तथा परमात्माको प्रकाशरूप मानिएको छ। एकमुखी रुद्राक्षको आकार अर्ध चन्द्रमाको जस्तो हुन्छ। मान्यता छ कि एकमुखी रुद्राक्ष धारण गर्नाले भगवान शिवको शक्ति प्राप्त हुन्छ। एकमुखी रुद्राक्ष हुने घरमा सुख–शान्तिको स्थायी वसोवास हुन्छ। यसले गृह स्वामीलाई ज्ञानी तथा तपस्वी बनाउँछ।

यो एकमुखी रुद्राक्षलाई धारण गर्नपनि सकिन्छ। यो रुद्राक्ष धारण गर्ने जातकले मनोवाञ्छित फलप्राप्त गर्दछ। यसको संचालक ग्रह सूर्य हो। जन्म समयमा सूर्य यदि परम नीचको छ भने पितालाई कष्ट दिन्छ। त्यसैले नवजात शिशुलाई एकमुखी रुद्राक्षको स्पर्श गराउनु पर्दछ। एकमुखी रुद्राक्ष धारण गर्ने व्यक्तिले “ॐ ह्रीं नमः” यो मन्त्रको पुरश्चरण गरेर मात्र धारण गर्नु पर्दछ तब मात्र यसको प्रभाव देख्न पाइन्छ।

एकमुखी रुद्राक्ष सिंह राशिका व्यक्तिहरुका लागि अत्यन्त शुभ मानिएको छ, र एकमुखी रुद्राक्षको जहाँ पूजन हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ।

लाभः– एकमुखी रुद्राक्षमा भगवान शिवको वास हुन्छ, यसलाई धारण गर्नाले मनुष्यले भगवान शिवको कृपा प्राप्त गर्दछ। जहाँ एकमुखी रुद्राक्ष हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ। एकमुखी रुद्राक्ष धारण गर्नाले शत्रु पराजित हुन्छन्, अकाल मृत्युको भय समाप्त हुन्छ तथा यसको पूजन मात्रैले सबै प्रकारको सुख प्राप्त हुन्छ। एकमुखी रुद्राक्ष धारण गर्नाले नेत्रको ज्योती तीव्र हुन्छ, हृदयरोग, स्नायुरोग, अतिसार, नजरदोष, उदररोग, तथा टाउको दुख्ने जस्ता अनेक व्याधिहरुबाट छुटकारा मिल्दछ।

नोटः– एकमुखी रुद्राक्ष दुर्लभ तथा अत्यन्त शक्तिशाली हुन्छ, अतः यो गर्भवती महिला तथा बच्चाहरुले धारण गर्नु हुँदैन।

२. दुईमुखी रुद्राक्षः– दुईमुखी रुद्राक्षलाई शिवको अर्धनारीश्वर रूप मानिएको छ। दुईमुखी रुद्राक्षको धारण तथा पूजनले पति–पत्नी गृहस्थ जीवनमा एक आपसमा उत्तरदायी हुन्छन्। सन्तान पक्ष सवल हुन्छ। धन–धान्यको कहिल्यै कमी रहँदैन, विचार–धारामा मतभेद रहँदैन, मानसिक

दुर्बलता रहँदैन, गुरु–शिष्यमा तालमेल नभएको खण्डमा, पिता–पुत्रमा मतभेद भैरहेमा, मित्रमा अविश्वास भएमा तथा व्यवसायमा अस्थिरता आएको खण्डमा यो रुद्राक्ष धारण गर्न सकिन्छ।

दुईमुखी रुद्राक्षको संचालक ग्रह चन्द्रमा भएका कारणले सोमवार तथा पूर्णा तिथि– (५,१०,१५) पारेर “ॐ नमः” यो बीज मन्त्रको पुरश्चरण गरेर रुद्राक्ष धारण गर्नु पर्दछ। रुद्राक्ष धारण गर्दा आफूभन्दा ज्येष्ठ र श्रेष्ठ पुरुषबाट धारण गर्नु पर्दछ।

लाभः– दुईमुखी रुद्राक्ष धारण गर्नाले सबै प्रकारका मनोवांछित फल प्राप्त हुन्छन्। जातक धन– धान्य, ऐश्वर्य, शान्त, पवित्र तथा सत्संगले युक्त हुन्छ। वैवाहिक जीवनमा हुने क्लेश एवं मन–

मुटावबाट बचाउनमा यो देईमुखी रुद्राक्ष अत्यन्त उपयोगी हुन्छ। यसलाई धारण गर्नाले मन स्थिर हुन्छ, विशेष गरी गुरु, शिष्य, पिता, पुत्र तथा मित्रहरुको सम्बन्धमा भएको मतभेदलाई समाप्त गर्दछ। शिव तथा पार्वती स्वरूप दुईमुखी रुद्राक्ष धारण गर्नाले वात, पित्त, कफ, मोटापा, नेत्रदोष, हृदयरोग, फेफडा आदि रोगबाट मुक्ति मिल्दछ।

३. तीनमुखी रुद्राक्षः– तीनमुखी रुद्राक्षलाई अग्निको स्वरूप मानिएको छ। यो तीनमुखी रुद्राक्षको संचालक ग्रह मंगल हो। यो रुद्राक्षले स्त्रीहत्या जस्तो पापबाट मुक्ति दिलाउँछ। जसरी अग्निले सबै चीजलाई आफ्नो तापले शुद्ध गर्दछ, त्यसैगरि यो रुद्राक्षको प्रभाव पनि शुद्धिकरणको लागि प्रभावकारी मानिन्छ। यो रुद्राक्ष धारण गर्नेव्यक्ति हीन भावनाबाट मुक्त हुन्छ। आत्मविश्वास बढ्छ, मानसिक पीडा, चिन्ता आदि समाप्त गर्नमा सहायक हुन्छ। तीनमुखी रुद्राक्षलाई ब्रह्मा, विष्णु तथा शिवको प्रतीक मानिएको छ। तीनमुखी रुद्राक्षको सम्बन्ध इच्छा, ज्ञान, कर्म तथा पृथ्वी, आकाश र पातालसंग हुन्छ। यदि यो रुद्राक्ष धारण गने र्हो भने मनुष्यमा भूत कालमा गरेका गलत कार्यको समिक्षा गर्ने क्षमता आउँछ र वर्तमान तथा भविष्यमा फेरि त्यस्तो कार्य नगर्ने दृढ अठोठ गर्ने शक्ति पनि उभित्र आउँदछ। खास गरी तामसिक प्रवृत्ति भएका व्यक्तिहरूले यो रुद्राक्ष धारण गरे लाभकारी हुन्छ। रुद्राक्ष धारण गर्नु पूर्व “ॐ क्लीं नमः” यो बीज मन्त्रको पुरश्चरण गरेर मंगलवारको दिन धारण गर्नाले रुद्राक्षको पूर्ण प्रभाव पर्दछ।

लाभः– तीनमुखी रुद्राक्ष धारण गर्नाले व्यक्ति स्वस्थ तथा सक्रिय रहन्छ, आत्मविश्वास तथा ऊर्जा शक्तिमा वृद्धि हुन्छ, यसले खेलको क्षेत्रमा सफलता प्रदान गर्दछ र यो रक्तदोष, प्लेग, चेचक, पाचन समस्यामा लाभदायक हुन्छ।

४. चारमुखी रुद्राक्षः– चारमुखी रुद्राक्षलाई साक्षात् चतुर्मुखी ब्रह्माको प्रतीक तथा देवी सरस्वतीको प्रतिनिधि मानिएको छ। यसको संचालक ग्रह बुध हो, त्यसकारण यो चारमुखी रुद्राक्ष शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नमा सहायक हुन्छ। चारमुखी रुद्राक्षले बुध जन्य हानिकारक प्रभाव समाप्त गर्ने र देवी सरस्वतीलाई प्रसत्र गर्नका लागि उत्तम मानिएको छ। चारमुखी रुद्राक्षलाई कुनै विशिष्ट कार्यमा सफलता प्राप्तगर्न, अनुसन्धानमा पूर्णता प्राप्त गर्न, कलामा निपूण बत्र, शिक्षा, कला–कारितामा सफलता प्राप्त गर्न यो रुद्राक्षले ठूलो सहयोग पुर्याउँछ। बुधको कारण कुनै शब्द स्पष्ट उच्चारण हुन सकेको छैन र जसको स्मरण शक्ति कमजोर छ त्यस्ता व्यक्तिहरुका लागि चारमुखी रुद्राक्ष अत्यन्त शुभदायक हुन्छ। यो रुद्राक्ष विद्यार्थी तथा विद्वान महापुरुषहरुका लागि धारण गर्न अति आवश्यक देखिन्छ। रुद्राक्ष धारण गर्ने जातकके “ॐ ह्रीं नमः” यो बीज मन्त्रको पुरश्चरण गरी बुधवारका दिन धारण गर्नाले रुद्राक्षको प्रभाव शीघ्र देख्न सकिन्छ।

लाभः– चारमुखी रुद्राक्ष धारण गर्नाले दिमाखी कमजोरी समाप्त हुन्छ, सात्विक विचार तथा धर्मको प्रति आस्था जागृत हुन्छ, स्नायु तथा मानसिक रोगबाट मुक्ति मिल्छ। यो चारमुखी रुद्राक्षले बौद्धिक सुस्ती, बुद्धि–एकाग्रता, स्वस्थमन, मस्तिष्क–विकार, प्यारालाइस, त्वचारोग, नासिका रोग, दमको रोग जस्ता अनेक व्याधिहरुबाट बचाउँछ।

५. पंचमुखी रुद्राक्षः– पंचमुखी रुद्राक्ष भगवान शिवको प्रतिनिधि हो र यो कालाग्नि नामक रुद्रको नियन्त्रणमा हुन्छ। यो रुद्राक्ष शिवद्वारा नियंत्रित तथा यसको संचालक ग्रह वृहस्पति हो। पंचमुखी रुद्राक्षले मानसिक तनाव, शत्रुनाश तथा साँप, विच्छू जस्ता जहरीला जनावरको भयबाट मुक्ति दिलाउँछ। यो रुद्राक्षको प्रभाव चित्तमा हुन्छ जुन कारणले गर्दा मानिसहरू मानसिक अशान्तिको सामना गरिरहेका हुन्छन्। त्यसै त मानिसको जीवनमा कुनै न कुनै कामको स्थिति चलिरहेको हुन्छ। कतिपय काम त मनमा नै बुनिरहेका हुन्छन्। कयौं कामका लागि लोक–व्यवहारमा कायिक (कर्मले) गरिरहेका हुन्छन्। त्यसैले सरल भाषामा यो रुद्राक्ष प्रत्येक मनुष्यले धारण गर्न योग्य छ। पंचमुखी रुद्राक्षले शरीरमा रक्त संचारलाई नियन्त्रण गर्दछ तथा रक्त–बिकार र दुव्र्यसनबाट बचाउँछ। यो रुद्राक्षको कारकग्रह वृहस्पति हो। देवतामा भगवान्विष्णुको प्रत्यक्ष दृष्टि परेको हुन्छ। पंचमुखी रुद्राक्ष धारण गर्ने व्यक्तिले “ॐ ह्रीं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर वृहस्पतिवारका दिन मात्र धारण गर्नु पर्दछ।

लाभः– यो रुद्राक्ष पंच ब्रह्म तथा पंचतत्वको प्रतीक हो। पंचमुखी धारण गर्नाले दुर्घटनामा मृत्यु हुनबाट बचाउँछ, यसले वृहस्पतिको नराम्रो पक्षलाई अर्थात् वृहस्पतिबाट उत्पत्र कष्टलाई भगाउन सहायक हुन्छ। पंचमुखी धारणले मन शान्त रहन्छ, चित्तको चंचलता स्थिर हुन्छ, रक्तचाप, मधुमेह, कान, गुर्दा, जंघा, उदर पीडा, अस्थि, मज्जा, जिगर तथा खुट्टा आदिमा भएको रोगलाई ठीक गर्दछ।

६. छःमुखी रुद्राक्षः– छमुखी रुद्राक्षलाई षडानन कार्तिकेयको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शुक्र हो। छःमुखी धारण गर्नाले शत्रुमाथि विजय प्राप्तहुन्छ तथा व्यक्तिको आंतरिक सुसुप्त शक्ति जागृत हुन्छ। छःमुखी रुद्राक्षलाई भगवान गणेशको स्वरूप पनि मानिएको छ। सुख तथा ऐश्वर्यका लागि समाज सेवामा आफ्नो लक्ष्य पूरा गर्नका लागि, व्यापारमा सफलता प्राप्तिका लागि, निष्पक्ष पत्रकारिताका लागि कुनै संस्थानमा धन तथा बहुमतका लागि छःमुखी रुद्राक्ष प्रभावकारी मानिन्छ। यो रुद्राक्ष धारण गर्ने जातकले “ॐ ह्रीं हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शुक्रवारका दिन धारण गर्नाले रुद्राक्षको प्रभाव पूर्णरूपमा देख्न तथा अनुभव गर्न सकिन्छ।

लाभः– यो छःमुखी रुद्राक्ष धारण गर्नाले कार्यमा सफलता, ऋद्धि–सिद्धि प्राप्त, व्यापार तथा नोकरीमा उत्रति, आत्मबलमा वृद्धि, ज्ञानशक्तिको संचार, शुक्र जनित रोगबाट मुक्ति तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुन्छ। काम, क्रोध, मद, लोभ, मोह, अहंकार जस्तो भावनामा नियंत्रण रहन्छ।

ब्रह्महत्या जस्तो भयंकर पापबाट मुक्ति मिल्छ। चर्मरोग, हृदयरोग, नेत्ररोग, हिस्टीरिण तथा स्त्री–

सम्बन्धित रोग, प्रजनन अंग, प्रोस्टेट, मुख तथा कण्ठरोग, मानसिकरोग, क्यान्सर, रक्तचाप, दिमाखी कमजोरी आदि बिमारीबाट छुटकारा प्राप्त हुन्छ।

७. सातमुखी रुद्राक्षः– सातमुखी रुद्राक्षले सप्त घृत–मातृका तथा सप्तऋषिहरुको प्रतिनिधित्व गर्दछ। यो अत्यन्त उपयोगी तथा लाभप्रद रुद्राक्ष हो। यसको उपयोगले धन–सम्पत्ति, कीर्ति तथा विजय प्राप्त हुन्छ। सातमुखी रुद्राक्षलाई महालक्ष्मीको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शनि हो। ऐश्वर्य तथा आरोग्य प्राप्तिका लागि यो रुद्राक्ष धारण गर्न सकिन्छ। आर्थिक, शारीरिक तथा मानसिक विपत्तिबाट ग्रस्त व्यक्तिहरुका लागि यो कल्पतरुको समान हो। यो रुद्राक्षमा शनिको प्रभाव रहेको हुनाले न्यायोचित कार्यगर्न, विपत्ति वा संकट हटाउन यसले मदत पुर्याउँछ। यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शनिवार तथा सोमवारका दिन मात्र धारण गर्नु पर्दछ तब मात्र यसको असर (प्रभाव) देख्न तथा अनुभव गर्न सकिन्छ।

लाभः– शनिद्वारा शासित हुनुको कारण शनिको प्रभावबाट मुक्ति हेतु यसलाई धारण गर्न सकिन्छ। चोरी, व्यभिचार तथा हत्या जस्तो जघन्य अपराधबाट मुक्ति प्रदान गर्दछ। यो रुद्राक्ष धारण गर्नाले महालक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ। कालसर्पयोगको दुष्प्रभावबाट बचाव तथा शरीरमा कुनैपनि विषको असर हुँदैन र शनिको दुष्प्रभाव पनि समाप्त हुन्छ। यो रुद्राक्ष धारण गर्नाले खोकी, गठिया, पेट दुख्ने, हड्डी एवं मांसपेशीमा पीडा, प्यारालाइस, मिर्गी, बहिरोपन, मानसिक चिन्ता, दमको विमारी, यौनरोग, हृदयरोग जस्तो समस्याबाट मुक्ति मिल्दछ।

८. आठमुखी रुद्राक्षः– आठमुखी रुद्राक्ष अष्ट महालक्ष्मीको प्रतिनिधि तथा भगवान गणेशको स्वरूप हो। यसको संचालक ग्रह राहु हो। आठमुखी रुद्राक्षले विद्या, ज्ञान प्रदान गर्ने तथा यसलाई धरण गर्नाले द्वेष, ईष्र्या जस्तो नकारात्मक सोच समाप्त हुन्छ र व्यक्तिको मनमा आस्था तथा सात्विक विचारको प्रवाह हुन्छ। इन्द्रिय नियन्त्रित गर्ने क्षमता तथा भूत, प्रेत जस्तो बाधाको भय समाप्त हुन्छ। आठमुखी रुद्राक्षलाई विनायक अर्थात् विघ्नहर्ता मानिएको छ। आठमुखी रुद्राक्षलाई भैरवनाथको स्वरूप पनि मानिएको छ। यो रुद्राक्षको साथमा ऋद्धि, सिद्धि वास गरेका हुन्छन्। सत्य तथा वास्तविक कार्यमा आँफू सयौं विरोधीहरूको बीचमा भएपनि यो रुद्राक्ष धारण गर्ने जातकले सफलता प्राप्त गर्दछ। “ॐ हुं नमः” यो बीज मन्त्रद्वारा पुरश्चरीत रुद्राक्ष सोमवारका दिन धारण गर्ने जातकले देश तथा परदेशमा यश, मान तथा मित्र भरपुर मात्रामा जोड्दछ।

लाभः– व्यापारमा सफलता, अकस्मात्धन प्राप्ति, चिठ्ठा पर्ने, कुण्डलीनी शक्ति जागृत हुने, मान सम्मानमा वृद्धि, राहुको दुष्प्रभावबाट मुक्ति, दुर्घटना एवं शत्रुबाट रक्षा, चर्मरोग, मोतियाविन्दु, श्वास–प्रश्वासरोग, फेफडाको विमारी, खुट्टा दुख्ने तथा प्रोष्टेट एवं पिताथ्यको उपचारमा उपयोगी सिद्ध हुन्छ।

९. नौमुखी रुद्राक्षः– नौमुखी रुद्राक्ष नवशक्ति सम्पत्र भगवती जगदम्बा दुर्गा भवानीको प्रतिनिधि हो र नवदुर्गाका नवै रूप यसमा समाहित भएका हुन्छन्। यसको संचालक ग्रह केतु हो। यसलाई भैरवको स्वरूप मानिन्छ। नौमुखी रुद्राक्षलाई नवग्रह, नवनाथ तथा नवधा भक्तिले परिपूर्ण मानिएको छ। यो रुद्राक्ष धारण गर्ने जातक साहसी तथा सहन शक्ति भरपुर भएको हुन्छ। कर्मठतामा वृद्धि, मन, वचन, कर्मले गरेको संकल्प पूर्ण गराउँछ। सन्तान बाधा भएमा यो रुद्राक्ष धारण गर्नाले सन्तान हुन्छन्। यो रुद्राक्षको पूर्ण प्रभाव प्राप्त गर्नका लागि “ॐ ह्रीं हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– यो नौमुखी रुद्राक्षले व्यापार–व्यवसायमा वृद्धि, अकालमृत्युको भय समाप्त, कर्मठता तथा आत्मविश्वासमा वृद्धि गराउँछ। नौमुखी रुद्राक्ष अद्भुत शक्तिको तथा सुख, शान्ति, समृद्धि, शहनशीलता, शत्रुनाश, वीरता, साहस प्रदान गर्नेवाला हुन्छ। यसले केतुको दुष्प्रभावलाई समाप्त गर्छ। फेफडा सम्बन्धित समस्याबाट मुक्ति, नेत्र पीडा, त्वचारोग, शारीरिक पीडा इत्यादिबाट मुक्ति प्रदान गर्छ।

१०. दशमुखी रुद्राक्षः– दशमुखी रुद्राक्षका अधिपति देवता भगवान विष्णुलाई मानिएको छ अथवा विष्णुको दिव्य दशावतारलाई मानिन्छ। यो दशमुखी रुद्राक्ष दश–दिशा, दश–दिक्पाल तथा दशावतारको प्रतीक हो। यसका संचालक ग्रह सम्पूर्ण नवग्रह नै हुन्। मान्यता छ कि यो रुद्राक्षमा भगवान विष्णुको दश अवतारको शक्ति समाहित छ। जसरी भगवान विष्णुको कृपा र अनुग्रहले सबै दिशाहरूबाट शुभ संकेत वा शुभफल प्राप्त भैरहेका हुन्छन् ठीक त्यसैगरि यो रुद्राक्षले पनि आफ्नो प्रभाव त्यस्तै देखाउँछ। राजनैतिक कार्यमा सफलता प्राप्त गर्नका लागि, वाद–विवाद वा झैझगडाबाट मुक्त हुनका लागि, कुलमा समुत्रति प्राप्तिका लागि तथा भूत–प्रेतको बाधाबाट बँच्नका लागि यो रुद्राक्ष धारण गर्न अनिवार्य देखिन्छ। दशमुखी रुद्राक्षको पूर्ण प्रभाव देख्न “ॐ ह्रीं नमः” यो बीज मन्त्रको पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– धन, प्रतिष्ठा बढाउने यो दशमुखी रुद्राक्षले मनुष्यको सम्पूर्ण कामना पूर्ण गर्दछ। विघ्न– बाधा तथा समस्त विपत्तिको नाश गर्दछ। दशमुखी रुद्राक्षले राजकीय कार्यमा सफलता, राजनैतिक क्षेत्रमा प्रतिष्ठा, कानुनी क्षेत्रमा विजय तथा मुद्दा–मुकद्मा आदि विवाद सुलझाउनमा लाभदायक हुन्छ। दिमागीरोग, चिन्ताको नाश तथा सन्तान प्राप्तिमा सहायक हुन्छ।

११. एघारमुखी रुद्राक्षः– एघारमुखी रुद्राक्षका अधिपति देवता स्वयं रुद्र भगवान हुन् भने हनुमानलाई पनि अधिपति मात्र सकिन्छ। किनकि हनुमानसंग रुद्रको गुण विद्यमान छ र कहिं कतै रुद्रको अवतार पनि भत्रे गरिन्छ। यसलाई एकमुखी रुद्राक्षको प्रतिरूप पनि मानिएको छ। यो रुद्राक्ष सुख, समृद्धिदायक हुन्छ, यसलाई धारण गर्नाले सबै कार्य सिद्ध हुन्छन् र यसलाई आध्याम्मिक प्रभावले युक्त मानिएको छ। यो रुद्राक्षमा इन्द्रको स्वामित्व हुन्छ। यो रुद्राक्षको प्रभावले जातक निर्णय दिनमा सक्षम बन्छ, शरीर बलिष्ठ र निरोगी बन्छ, व्यापार तथा व्यवसायमा उत्तरोत्तर वृद्धि हुन्छ, यात्राद्वारा पनि यश तथा लाभ नै मिल्छ। यो रुद्राक्ष धारण गर्नु पूर्व “ॐ ह्रीं हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ अनि मात्र रुद्राक्षले आँफु क्रियाशील भएर जातकको मानसिक भाव अनुसार काम गर्दछ।

लाभः– एघारमुखी रुद्राक्ष धारण गर्नाले एक हजार गाई दान गर्नुको बराबर पुण्य प्राप्तहुन्छ। यो रुद्राक्षको उपयोगले एकादशी व्रतको समान फल प्राप्तहुन्छ र यसलाई शिखामा धारण गर्नाले एक हजार अश्वमेधयज्ञ र वाजपेय यज्ञको समान पुण्य मिल्दछ। महिलाहरुले यसलाई पतिको दीर्घायु र सन्तान प्राप्ति हेतु धारण गर्न सक्छन्। श्रावण महिनामा एघारमुखी रुद्राक्षको पूजा अमोघ फलदायी हुन्छ। यो रुद्राक्षले धारकलाई उचित निर्णय लिनका लागि क्षमता प्रदान गर्दछ। यसले योग, साधना, यम, नियम, आसन, षटकर्म तथा अन्य यौगिक क्रियामा सफलता प्रदान गर्दछ। यसको उपयोगले दमा एवं श्वास–प्रश्वास सम्बन्धित विमारीलाई ठीक गर्दछ। यो रुद्राक्ष मस्तिष्क विकार, संक्रमण नाशका लागि तथा बलिष्ठ एवं निरोगी बनाउनमा सहायक हुन्छ।

१२. बाह्रमुखी रुद्राक्षः– बाह्रमुखी रुद्राक्षलाई भगवान विष्णुको स्वरूप मानिएको छ। यसका देवता बाह्र आदित्य अर्थात् बाह्र सूर्य हुन्। सूर्य स्वरूप हुनुको कारण यसले व्यक्तिलाई शक्तिशाली तथा तेजस्वी बनाउँदछ। यसलाई धारण गर्नाले गौहत्या, मानव हत्या जस्ता महापापबाट मुक्ति मिल्दछ। यो रुद्राक्ष धारण गर्ने जातकमा नेतृत्व शक्ति स्वतःस्फुर्त बढ्दछ। फराकिलो सोच राख्ने व्यक्ति मन्त्री, उद्योगपति जस्ताले यो रुद्राक्ष धारण गर्न अनिवार्य देखिन्छ किनकि एउटा सुविचार राख्ने व्यक्तिको सोचाइले समाजमा ठूलो परिवर्तन हुनसक्छ। एउटा मन्त्रीको सत्य तथा निष्ठाले हजारौं, लाखौं जनताको जीवनमा परिवर्तन आउन सक्छ भने उद्योगपतिको कारण हजारौं वेरोजगारीले रोजगारी प्राप्त गर्दछन् तथा उसको उत्पादनले आफुले त पैसा कमाउँछ कमाउँछ साथै देश पनि समृद्ध बन्छ। त्यसैले यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ क्रौं क्षौं रौं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– बाह्रमुखी रुद्राक्षले दरिद्रतालाई नाश गरेर सुख एवं सम्पत्ति प्रदान गर्दछ। यसलाई धारण गर्नाले अश्वमेध यज्ञको समान पुण्यफल प्राप्त हुन्छ, भयानक जंगली पशुबाट पनि रक्षा हुन्छ, जातक सूर्यको समान यशस्वी बन्दछ। बाह्रमुखी रुद्राक्षले समस्त बाधालाई समाप्त गरिदिन्छ, बाधालाई शमन गर्नुको कारण नै यसलाई आदित्य नामले चिनिन्छ। बाह्रमुखी रुद्राक्षको उपयोगले हृदयरोग, फेफडाको रोग, त्वचारोग तथा आंत सम्बन्धीरोग तथा सबै प्रकारका शारीरिक एवं मानसिक पीडाहरु नाश हुन्छन्।

१३. तेह्रमुखी रुद्राक्षः– यो रुद्राक्षलाई कामदेव तथा इन्द्रको रूपमा मानिन्छ। तेह्रमुखी रुद्राक्षले समस्त कामनाको पूर्ति गर्दछ तथा दाम्पत्य जीवनलाई सुखद एवं खुशिले भरपूर बनाउँदछ र साथै इच्छाभोगको प्राप्ति पनि हुन्छ। यसलाई धारण गर्नाले कामदेव तथा रतिको आशिर्वाद प्राप्त हुन्छ। यो रुद्राक्षको प्रभाव ऐश्वर्य तथा आकर्षणमा देखिन्छ। अष्ट सिद्धि प्राप्तिका लागि यो रुद्राक्ष प्रयोग गर्ने गरेको पाइन्छ। यो रुद्राक्ष धारण गर्ने व्यक्तिमा वशीकरण तथा आकर्षण गर्ने क्षमता धेरै हुन्छ। यो रुदाक्षमा कामदेव तथा रतिको वास हुन्छ अतः यसलाई धारण गर्नाले वैवाहिक जीवनमा आनन्द प्राप्तहुन्छ। साधु, तपस्वी तथा योगीजन यो रुद्राक्षलाई आध्यात्मिक उपलब्धी हेतु धारण गर्ने गर्दछन्। यदि कोही संगीत, नृत्य आदि कलामा जान चाहेको तर जन्म लग्नमा शुक्र ग्रह नीच राशि वा त्रिक् (६,८,१२) भावमा बसेको भए यो रुद्राक्ष धारण गर्नाले चमत्कारिक परिवर्तन देख्न सकिन्छ, त्यसको लागि धारण गर्नु पूर्व “ॐ ह्रीं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवार तथा शुक्रवारका दिन धारण गर्नु पर्दछ।

लाभः– तेह्रमुखी रुद्राक्ष धारण गर्नाले मनुष्य राजसी मान सम्मान, कीर्ति, शारीरिक सुन्दरता तथा आकर्षण व्यक्तित्व भएको हुन्छ। स्त्री–पुरुष दुबैलाई रूप, गुण प्रदान गर्दछ। लक्ष्मी प्राप्तिमा अत्यन्त उपयोगी तथा यसले धारकलाई धन सम्पदाले युक्त गरिदिन्छ। ज्योतिषको अनुसार यो रुद्राक्ष शुक्र ग्रहको समान हुन्छ, यसले निसन्तानलाई सन्तान प्रदान गर्दछ। तेह्रमुखी रुद्राक्षले चर्मरोग तथा आंतरिक रोगबाट लढ्ने साहस प्रदान गर्दछ।

१४. चौधमुखी रुद्राक्षः– यो रुद्राक्षका अधिपति देवता शिवको अवतार भगवान हनुमानजीको स्वरूप मानिएको छ। चौधमुखी रुद्राक्षलाई शिखामा धारण गर्ने व्यक्तिले परमपद प्राप्त गर्दछ। यस रुद्राक्षमा हनुमानको निवास हुनुको कारण कुनै पनि विघ्न–बाधा, भूत, प्रेत, पिशाच आदिले हानि पुर्याउन सक्दैनन्। चौधमुखी रुद्राक्ष धारण गर्नाले शक्ति, सामथ्र्य, एवं उत्साह वर्धन हुन्छ र संकट समाप्त हुन्छ, त्यसैले यो रुद्राक्ष अत्यन्त दुर्लभ पनि मानिन्छ। कतै कतै यो रुद्राक्षलाई देवमणि पनि भत्रे गरेको पाइन्छ। देवमणि रुद्राक्षको प्रभावको कारण “ॐ नमः” यो बीज मन्त्रले सोमवारका दिन पुरश्चरण गर्ने जातकमाथि जीवनमा कहिल्यै अस्वाभाविक हानी हुँदैन। दुर्घटनाबाट बच्ने बुद्धि स्वयं उमाथि आउँछ, रोगमाथि विजय प्राप्त हुन्छ भने मनमा कुनै किसिमको चिन्ता रहँदैन।

लाभः– चौधमुखी धारण गर्नाले शिवको सात्रिध्य प्राप्तहुन्छ। सन्यासी, वाममार्गी एवं शिव शक्तिका भक्तजनले यसलाई धारण गर्दछन्। यो रुद्राक्ष धारण गर्नाले साधना सिद्धहुन्छ। चौधमुखी रुद्राक्ष परम दिव्य ज्ञान प्रदान गर्नेवाला हुन्छ। चौधमुखी रुद्राक्ष सुखदायी हुन्छ, यो रुद्राक्षलाई चौध विद्या, चौध भुवन तथा चौध मनुको स्वरूप पनि मानिएको छ। शनिको साढेसाती, महादशा तथा शनि पीढाबाट मुक्ति हेतु यस रुद्राक्षलाई धारण गर्नुपर्दछ।

यसले शनि तथा मंगलको अशुभ प्रभावबाट मुक्ति दिलाउँछ। चौधमुखी रुद्राक्षको पूजनले सुख, सौभाग्य प्रदान गर्दछ। चौधमुखी रुद्राक्षले व्यक्तिलाई ऊर्जावान तथा निरोगी बनाउँछ। यसले समस्त रोगको शमन गर्दछ। दुर्घटना, चिन्ता आदिबाट मुक्त गरी सुरक्षा एवं समृद्धि प्रदान गर्दछ। चौधमुखी रुद्राक्षले वंश रक्षा तथा सौभाग्यमा वृद्धि गराउँछ।

१५. पन्ध्रमुखी रुद्राक्षः– पन्ध्रमुखी रुद्राक्षलाई पशुपति रुद्राक्ष भनिन्छ। यो रुद्राक्ष पन्ध्र तिथिहरुसंग सम्बन्धीत छ। यो राहुद्वारा शासित हुन्छ। यस रुद्राक्षलाई धारण गर्नाले आफ्नो सम्पूर्ण उद्यममा सफलता प्राप्त हुन्छ। ऊर्जा शक्तिद्वारा आफ्नो सबै कार्यमा सफलता प्राप्त हुन्छ। यो रुद्राक्षलाई धारण गर्ने व्यक्ति तीव्र बुद्धिवाला हुन्छ तथा उसले आफ्नो ज्ञानद्वारा सबैलाई प्रवाहित गर्नमा सक्षम हुन्छ। मान्यता छ कि देव शिल्पकार विश्वकर्माले देवताहरुका लागि हथियार बनाउने समयमा शिवसंग आफ्नो यस कार्यमा सफलता प्राप्तिका लागि आशीर्वाद हेतु प्रार्थना गर्दछन् र यसबाट भगवान शिव प्रसत्र भएर उनलाई आशीर्वादको रूपमा पन्ध्रमुखी रुद्राक्ष प्रदान गर्दछन्। जो मनुष्य फलाम तथा रसायनको व्यापारमा लागेको छ त्यसका लागि यो पन्ध्रमुखी रुद्राक्ष अत्यन्त उपयोगी मानिएको छ। यो रुद्राक्ष निकै दुर्लभ हुन्छ र प्रभावकारी पनि उस्तै नै। यो रुद्राक्ष धारण गर्नाले तत्व बोध हुन्छ, आत्मज्ञान बढ्छ, योग ध्यान तथा साधना प्रति आशक्ति बढ्छ। सात्विक सम्पदाबाट सन्तुष्टि प्रदान गर्छ। उपर्युक्त गुण धर्ममा अनुरागी जातकले शतरुद्रीय पाठ सम्पत्र गरेर सोमवारका दिन “ॐ पशुपतये नमः” यो मन्त्र जप गर्दै धारण गर्नाले जातकमाथि यो रुद्राक्षको प्रभाव शीघ्र पर्दछ।

लाभः– यसले सच्चा सुख तथा मनमा शान्ति प्रदान गर्दछ। स्वास्थ्य, धन, शक्ति, ऊर्जा, समृद्धि, आत्मबल तथा आध्यात्मिक शक्तिमा वृद्धि तथा उत्तम मार्ग प्रसस्त गर्दछ। पन्ध्रमुखी रुद्राक्ष धारण गर्नाले कहिल्यै पनि धनको अभाव रहँदैन। मोक्ष प्रदान गर्नमा तथा उच्च शक्तिहरुको वृद्धिमा सहायक हुन्छ। यसले चर्मरोग ठीक गर्दछ तथा पौरुष शक्ति बढाउनमा लाभदायक हुन्छ। प्राचीन वैदिक ग्रन्थहरुको अनुसार पन्ध्रमुखी रुद्राक्षले गर्भपातको समस्यालाई समाप्त गरिदिन्छ र प्रसव पीडालाई पनि कम गर्दछ। यो आफ्नो विचार–धारा तथा ध्यान–केन्द्रित गर्नमा सहायक हुन्छ।

१६. सोह्रमुखी रुद्राक्षः– सोह्रमुखी रुद्राक्षलाई भगवान विष्णु तथा शिवको स्वरूप मानिएको छ। सोह्रमुखी रुद्राक्ष सोह्रकला तथा सिद्धिहरुको प्रतीक हो। यो केतुद्वारा संचालित हुन्छ। यो रुद्राक्षलाई विजय लक्ष्मी रुद्राक्ष पनि भनिन्छ। यसलाई धारण गर्नेवाला व्यक्ति सोह्रकला तथा सिद्धिहरुको ज्ञाता हुन्छ। अत्यन्त दुर्लभ तथा प्रभावकारी रुद्राक्षको प्रभावले यो रुद्राक्ष धारण गर्ने जातक गुप्त शत्रुहरूदेखि जोगिन्छन्। यो रुद्राक्षले चोरीबाट बचाउँछ भने अतुल यश, धन पनि प्राप्ति हुन्छ। यो रुद्राक्षको प्रभावकारी गुणलाई अनुभूति गर्नका लागि अष्टलक्ष्यार्चन वा लघुरुद्रीको पाठ गरेर “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– यो रुद्राक्ष धारण गर्ने जातकले भगवानको भक्ति प्राप्त गर्छ तथा सत्यतालाई स्वीकार्दै आफ्नो यो जन्ममा सात जन्मको पुण्यलाभ प्राप्त गर्दछ। यस्तो पनि भनिएको छ कि अर्जुनले जब माछाको आँखामा लक्ष्य भेदन गरेका थिए तब उनले यही रुद्राक्ष धारण गरेका थिए अतः यो रुद्राक्ष धारण गरेपछि व्यक्तिमा असाधारण क्षमता आउछ तथा उ शक्तिशाली हुन्छ। यो रुद्राक्षले सम्पूर्ण सुख सुविधा दिन्छ तथा सबै पापबाट बचाउछ। जुन घरमा सोह्रमुखी रुद्राक्ष राखिएको हुन्छ त्यस घरमा चोरी, डकैती तथा आगलागी जस्तो संकट आउँदैन। सोह्रमुखी रुद्राक्षलाई उपयोगमा ल्याउनाले पक्षपात जस्तो रोग पनि ठीक हुन्छ, शरीर फुल्ने, गर्दन दुःने, तपेदिक, कुष्ठरोग, फेफडाको रोगले पीडित व्यक्तिका लागि लाभदायक हुन्छ।

१७. सत्रमुखी रुद्राक्षः– अत्यन्त दुर्लभ यो सत्रमुखी रुद्राक्षलाई भगवान श्रीराम र माता सीताको प्रतीक मानिएको छ। यसले राजयोगको सुख प्रदान गर्दछ। सुख एवं समृद्धि दायक यस रुद्राक्षले श्रीराम र सीताको संयुक्त बलको प्रतिनिधित्व गर्दछ। यसलाई विश्वकर्मा रुद्राक्ष पनि भनिन्छ। आत्मज्ञानको वृद्धिको साथमा धन–सम्पत्तिको प्राप्ति शीघ्र गराउने यो रुद्राक्षले जातकलाई समाजमा प्रतिष्ठित गराउँछ भने नयाँ कार्यका लागि उत्प्रेरित पनि गराउँछ। सत्रमुखी रुद्राक्ष भौतिक सुख सुविधा हेतु विशेष रूपले उपयोगी हुन्छ। यो रुदाक्ष धारण गर्नाले आफ्नो कुण्डलीनी शक्ति जागृत हुन्छ र ज्ञान तथा धन धान्यको वृद्धि हुन्छ। यदि कुनै जातकमा श्रोत त छ तर उसलाई परिचालन गर्ने आँट छैन, विद्या छ तर साधना र उपयोग गर्ने आँट छैन, आय छ वचत छैन या वचतका लागि अनुकूलता बनेको छैन, शरीरमा बल (तागत) छ तर त्यो बलको प्रयोग भएको छैन तथा त्यसै क्षीणता आएको छ भने यो रुद्राक्षको धारणले जातकमा त्वरित गतिमा प्रभाव देख्न सकिन्छ र भविष्यमा जातकमा कुनै पश्चाताप गर्ने बाटो रहँदैन। यो रुद्राक्ष धारण गर्नु पूर्व सहश्रार्चन गर्नाले उपर्युक्त प्रभाव देख्न र अनुभूति गर्न सकिन्छ। यो सत्रमुखी रुद्राक्षलाई “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– हिन्दु पौराणिक कथा अनुसार यसले देव शिल्पकार विश्वकर्माको प्रतिनितित्व गर्दछ। यो सत्रमुखी रुद्राक्षलाई धर्म, अर्थ, काम तथा मोक्षको प्रदाता मानिएको छ। यसले देवी कात्यायनीको रूपमा भगवती दुर्गाको प्रतिनिधित्व गर्दछ। यो रुद्राक्षले सम्पत्ति, वाहन, आभूषण तथा अनेक प्रकारको सुख सुविधा प्रदान गर्दछ। शारीरिक ऊर्जा तथा स्मृतिको कमीले पीडित व्यक्तिका लागि यो रुद्राक्ष धेरै नै उपयोगी मानिएको छ। यसका साधै जुन महिलाले यस रुद्राक्षलाई धारण गर्दछिन् उनलाई राम्रो वैवाहिक जीवन, पुत्र तथा दाम्पत्य सुख प्राप्त हुन्छ।

१८. अठारमुखी रुद्राक्षः– अत्यन्त दुर्लभ यो रुद्राक्ष साक्षात्पृथ्वीको प्रतीक हो। यसलाई कामधेनु गाईको रूप तथा भैरव स्वरूप पनि भनिएको छ। अठारमुखी रुद्राक्ष धारण गर्नाले जातक अचल सम्पत्तिको स्वामी बन्छ, दीन–दुःखीहरूको सेवक बन्छ, आयको बाटो अविछित्र चलिरहन्छ। यो रुद्राक्ष विशेष गरी भूमि सम्बन्धित कार्यसंग जोडिएका व्यक्तिहरुका लागि उत्तम मानिएको छ। तसर्थ यो फलाम, अयस्क, जवाहरात, बिल्डर, आर्किटेक्ट, डीलर तथा किसान आदिका लागि उपयुक्त हुन्छ।

उद्यमी बन्दै नयाँ होनहार मनुष्यले समूल राष्ट्रलाई नै आर्थिक तथा सामाजिक रूपमा प्रभावित पारेको हुन्छ। उपर्युक्त रुद्राक्षको पूर्ण प्रभाव पाउनका लागि लक्ष्यार्चन वा लक्ष्यहोम गर्न आवश्यक हुन्छ। यसले आध्यात्मिक, मानसिक तथा शारीरिक लाभ प्राप्त गराउँदछ। यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– अठारमुखी रुद्राक्ष धारण गर्नाले समाजमा मान–सम्मान प्राप्तहुन्छ। यो रुदाक्ष गर्भवती महिलाहरुका लागि धेरै नै लाभदायक भनिएको छ। यो धारण गर्नाले गर्भमा पलिरहेको शिशुको रक्षा हुन्छ। शारीरिक क्षमता तथा ऊर्जा शक्तिको विकास हुन्छ। विशेष गरी स्वास्थ्य क्षेत्रमा यो रुद्राक्षको प्रयोग चमत्मारी सिद्धहुन्छ। यसले ग्रहहरुको कुप्रभावलाई निष्क्रिय तथा स्नायु तन्त्रमा मजबुति, निडर र दुर्घटना आदिबाट सुरक्षा प्रदान गर्दछ।

१९. उत्राइसमुखी रुद्राक्षः– परम दुर्लभ उत्राइसमुखी रुद्राक्षलाई भगवान शिव, पार्वती तथा गणेशको प्रतीक मानिएको छ। यो उत्राइसमुखी रुद्राक्षलाई नारायण रुद्राक्ष पनि भनिन्छ। जो कोहीले पनि यो रुद्राक्ष धारण गर्दछ त्यसले सबै प्रकारको सांसारिक सुख प्राप्त गर्दछ तथा त्यसको जीवनमा कुनैपनि चिजको अभाव रहँदैन। जसरी भगवान नारायणले यो चराचर सृष्टिलाई मायाको वशमा राखेका छन् ठीक त्यसरी यो रुद्राक्षमा मायातत्व लुकेको छ। व्यापारी वर्ग, राजनैतिक, उच्च ओहोदाका व्यक्ति, न्यायिक सेवामा कार्यरत व्यक्ति, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, निकासी या पैठारीमा लागेका उच्च श्रेणीका न्यायिकहरू, निर्वाण या मोक्षको अनुकूलता खोज्ने साधकहरू यो रुद्राक्षको धारणले लाभान्वित बन्दछन्। आफ्ना गुरु वा पूजनीय व्यक्तिहरूबाट विधिवत लक्ष्यार्चन वा महारुद्रको सांगतामा यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– यो उत्राइसमुखी रुद्राक्ष धारण गर्नाले गुण, सुन्दरता तथा सफलताको साथ भगवान विष्णु र लक्ष्मीजी को सात्रिध्य प्राप्तहुन्छ, आफ्नो निजिकार्यमा पदोत्रति, व्यापार–व्यवसायमा लाभ, मान–सम्मान, जीवनमा सफलता, पत्नी तथा सन्तान सुख प्राप्तहुन्छ। यो उत्राइसमुखी रुद्राक्ष धारण गर्नाले मधुमेह–यौन समस्या रक्तचाप जस्ता विमारीसंग लढ्ने क्षमता र विशेष गरी ढाडको समस्याबाट पीडित व्यक्तिका लागि फायदा जनक हुन्छ।

२०. बीसमुखी रुद्राक्षः– अत्यन्त दुर्लभ बीसमुखी रुद्राक्षका सत्तारुढ देवता भगवान ब्रह्मा हुन्। ब्रह्मा, विष्णु, महेशको शक्तिको रूपमा यो रुद्राक्षमा आठ दिक्पाल, नवग्रह तथा आठ दिशाका परमेश्वर पनि विद्यमान छन्। यो रुद्राक्षले ज्ञान–विज्ञानको क्षेत्रमा विशिष्ट स्थानमा पुग्न मद्दत पुर्याउँछ भने साहित्य र लेखन क्षेत्रमा अघि बढ्न सहायक बनाउँछ। त्यस्तै सम्भाषण क्षमता प्रखर बनाउछ। नयाँ विषयमा खोज तथा अनुसन्धान गर्न, मानव धर्म अनुरूप सेवा गर्न यो दुर्लभ रुद्राक्षले ठूलो मद्दत पुर्याउछ। क्षत–विक्षत नभएको पूर्णरूप तथा आकार भएको यस्तो रुद्राक्ष धारण गर्ने कसैमा श्रद्धा भएमा वैदिक यज्ञको सांगताको समय पारेर अथवा सात दिने सप्ताह वा नौ दिने यज्ञको साधना गरेर यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– यो बीसमुखी रुद्राक्ष धारण गर्नाले आध्यात्मिक ज्ञान प्राप्त हुन्छ। पाचीन वैदिक ग्रन्थको अनुसार यो रुद्राक्ष धारण गर्नाले भूत, प्रेत, पिशाच, साँप एवं अन्य भयानक जीवहरुको भयले सताउदैन। यसले नकारात्मक शक्ति विरुद्ध संरक्षणको कार्य गर्दछ। यो रुद्राक्षलाई विश्वावशु मुनि तथा साधुको प्रतीक पनि मानिएको छ। जो कसैले पनि यसलाई विधि विधानका साथमा धारण गर्दछ भने ऊ अगाध भक्तिमा लीन रहन्छ। बीसमुखी रुद्राक्ष धारण गर्नाले यक्षराज कुबेरद्वारा धन– धान्यको प्राप्ति हुन्छ। सांसारिक सुख, मानसिक शान्ति, उत्तम दृश्य, व्यापार तथा समृद्धि प्राप्त हुन्छ।

यो रुद्राक्ष विशेष गरी राजनैतिक नेता, निर्देशक, कानूनी सल्लाहकार, कम्पनिका कार्यकर्ता तथा आँनलाइन व्यापारसंग जुडेका व्यक्तिहरुका लागि सबैभन्दा उत्तम मानिएको छ। यसले दिमागी शक्ति बढाउछ, क्रुर ग्रहहरुको अशुभ प्रभावबाट मुक्ति प्रदान गर्दछ र यो तन्त्र विद्या साधनामा उपयोगी सिद्धहुन्छ। यस्तो पनि मान्यता छ कि बीसमुखी रुद्राक्ष धारण गर्नाले सर्पको टोकाइबाट पनि सुरक्षित भइन्छ र नेत्रदृष्टि समस्याबाट ग्रसित व्यक्तिहरुका लागि धेरै नै उपयोगी सिद्धहुन्छ भत्रे।

२१. एक्काइसमुखी रुद्राक्षः– एक्काइसमुखी रुद्राक्षले भगवान कुबेरलाई दर्शाउँछ जो धन सम्पदाका स्वामी हुन्। यसको अतिरिक्त यसले भगवान शंकरको पनि प्रतिनिधित्व गर्दछ। एक्काइसमुखी रुद्राक्ष सबै रुद्राक्षमा एक मुख्य रुद्राक्ष हो। भगवान ब्रह्मा, विष्णु महेश तथा अन्य सबै देवी देवताहरु यो रुद्राक्षमा निवास गर्दछन्। प्राचीन शास्त्रहरुको अनुसार जब एक्काइसमुखी रुद्राक्षलाई पूजाको स्थानमा राखिएको थियो तब सबै देवी देवताहरु यही रुद्राक्षको चारैतर्फ आएर आफूलाई स्थापित गरेका थिए। यो रुद्राक्षको प्रभावबाट कुबेर जस्तै धन–सम्पत्तिको भण्डार सधैं भइरहन्छ। प्रत्येक ठाउँमा विजय प्राप्त हुन्छ। यसलाई घरमा राख्नाले शान्ति, सद्भावको वातावरण उत्पत्र हुन्छ तथा यसले अपार समृद्धि लिएर आउँछ। मान्यता छ कि यसलाई धारण गर्नाले ब्रह्महत्या, गौहत्या तथा ब्राह्मण हत्या जस्ता पापबाट मुक्ति मिल्दछ। शिक्षा होस् या व्यवसाय,

राजनीति होस्या सामाजिक सेवा, प्रशासनिक क्षेत्र होस्या एक स्वामित्वको उद्योग सर्वत्र सफलता प्राप्ति हुन्छ। निन्दा गर्ने कोही पनि हुँदैनन् वा यो रुद्राक्ष धारण गर्ने जातकको मन, वचन तथा कर्मबाट निन्दित कर्म हुँदैन। यो रुद्राक्ष पनि बीसमुखी रुद्राक्ष सरह कुनै साप्ताहिक यज्ञको सांगताको अवसर पारेर सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– प्राचीन वैदिक ग्रन्थको अनुसार एक्काइसमुखी रुद्राक्षले सकारात्मक ऊर्जाको संचार गर्दछ। यसलाई धारण गर्नाले निर्धन पनि धनवान हुन्छ। अलख निरंजन रूपमा यो रुद्राक्षले मनुष्यलाई भक्तिको रसमा लीन गर्दछ। यो रुद्राक्षले मनुष्यलाई प्रत्येक क्षेत्रमा सफलता प्राप्त गराउँदछ। यो रुद्राक्ष ती व्यक्तिहरुका लागि अत्यन्त लाभदायी हुन्छ जो जीवनमा अनेक ऊँचाई प्राप्तगर्न चाहन्छन्। जस्तो कि– वरिष्ठ अधिकारी, ठुलठूला व्यापारी, राजनेता, अभिनेता, धर्मनेता, निर्माता तथा निर्देशक बत्र चाहनेहरुका लागि लाभदायक हुन्छ। यसलाई धारण गर्नाले स्वास्थ्य राम्रो बन्दछ र योपनि तन्त्र, मन्त्र तथा अन्य नकारात्मक शक्तिबाट बचाउनमा उपयोगी सिद्धहुन्छ।

यसरी यहाँ एकमुखी रुद्राक्षदेखि एक्काइसमुखी रुद्राक्षको विषयमा विस्तार पूर्वक उनीहरूको प्रभाव, लाभ तथा धारण विधि लेख्यौं। यी रुद्राक्षका अतिरिक्त अरु पनि रुद्राक्ष हुन्छन्र ती हुन् ?

गणेश रुद्राक्ष, गौरी–शंकर रुद्राक्ष, त्रिजुटी रुद्राक्ष, गर्भ गौरी रुद्राक्ष र सर्पमुखी रुद्राक्ष।

१. गणेश रुद्राक्षः– यो रुद्राक्षमा गणेशको सूँड बनेको हुन्छ भने दायाँ र वायाँ भागमा ऋद्धि, सिद्धि हुन्छन्। यो रुद्राक्ष धारण गर्नाले मानसिक शक्ति बढ्छ, हीन भावना, दुर्बलता तथा तनाव घट्दछ। कुनैपनि निकटतम व्यक्तिहरूसंग वैमनस्यता छ भने त्यो पनि समाप्त हुन्छ, बारम्बार गर्दाखेरि पनि कुनै काममा सफलता प्राप्त भएको छैन र बुद्धि कलुशित छ भने यी सबैमा फायदा मिल्दछ। यो रुद्राक्ष धारण गर्नु पूर्व गणेश अथर्वशीर्षको सहश्र पारायण गरेर मंगलवारका दिन “ॐ गं गणपतये नमः” यो मन्त्र जप गर्दै धारण गर्नु पर्दछ।

२. गौरी–शंकर रुद्राक्षः– यो रुद्राक्षलाई शिव–पार्वतीको प्रतीक मानिन्छ। यो रुद्राक्ष धारण गर्नाले पति–पत्नी बीच एकात्म भाव जागृत हुन्छ, पारिवारिक सुखमा उत्तरोत्तर वृद्धि हुन्छ। विवाहमा विलम्ब भएको खण्डमा यो रुद्राक्ष धारण गर्नाले शीघ्र विवाह हुन्छ। सन्तान बाधा भएमा वा सन्तान सबल र पुष्ट न जन्मेमा वा पुत्र–पुत्रीको अभीष्ट इच्छा पूर्ण नभएमा यो रुद्राक्ष धारण गर्नाले मनोरथ पूर्ण हुन्छ। त्यस्तै कसैमा कुनै लक्ष्य प्राप्त गर्न धेरै समय लागेको वा लक्ष्यलाई चित्र सक्ने क्षमता नभएमा र सही मार्गदर्शक नभेटिएको खण्डमा यो रुद्राक्ष धारण गर्नु पर्दछ। अनि अर्को कुरा यदि कसैको शरीरमा तापक्रम घट्बढ हुने, ज्वरो समय–समयमा आइराख्ने, गर्मी वा जाडो सहन गर्न नसक्ने तथा शरीर दुर्बल हुनेहरूले यो रुद्राक्ष धारण गर्नु पर्दछ। धारण गर्ने जातकले प्रदोष कालिन तिथिमा शिव–पार्वतीको पूजन गरेर यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै

धारण गर्नु पर्दछ। तब मात्र यो रुद्राक्ष प्रभावशाली हुन्छ।

३. त्रिजुटी रुद्राक्षः– एकै साथमा तीन रुद्राक्ष टाँसिएर बनेको रुद्राक्षलाई त्रिजुटी रुद्राक्ष भनिन्छ। बीचको रुद्राक्ष बाल हुन्छ भने त्यसको दायाँ र वायाँ भागमा दुईवटा रुद्राक्ष हुन्छन्। देख्नमा सिङ्गा– सिङ्गै देखिए पनि पूर्ण कुनैपनि हुँदैनन्, यो एउटा दुर्बल प्रक्रिया हो। यो रुद्राक्षलाई शक्ति पीठ या ब्रह्मा, विष्णु, महेश रुद्राक्ष पनि भनिन्छ। कसै कसैले यो रुद्राक्षलाई भगवान शिवको परिवारको रूपमा परिभाषित गर्दछन् जसमा शिव, गणेश र माता पार्वतीको उल्लेख गरिएको छ। यो एउटा दुर्लभ रुद्राक्ष हो जो सरलता पूर्वक प्राप्त हुँदैन र यो रुद्राक्षमा एकमुखी, चौदहमुखी र गौरी शंकर रुद्राक्षको गुण समाहित हुन्छ। यो रुद्राक्ष धारण गर्ने जातक सम्पूर्ण विश्वलाई आफ्नो आँखाले देख्न सक्ने हुन्छ वा ज्ञानद्वारा देख्न सक्ने शक्ति प्राप्त गर्छ अर्थात्श्रेष्ठ विचारक तथा दार्शनिक बन्दछ। व्यापार वा व्यवसायमा उसलाई कसैले पनि हराउन सक्दैनन्। यो रुद्राक्ष धारण गर्नु भन्दा पूर्व रुद्राक्षलाई लघुरुद्रीद्वारा अभिषेक गरेर मात्र सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

४. गर्भ गौरी रुद्राक्षः– अत्यन्त दुर्लभ यो गर्भ गौरी रुद्राक्षलाई माता गौरी तथा उनका पुत्र विघ्नहर्ता गणेशको स्वरूप मानिएको छ। यो गर्भ गौरी रुद्राक्ष गौरी शंकर रुद्राक्षको समान नै देखाई दिन्छ। जहाँ गौरी शंकर रुद्राक्षमा रुद्राक्षको आकार एक समान हुन्छ त्यहीं गर्भ गौरी रुद्राक्षमा एक रुद्राक्ष अन्यको तुलनामा आकारमा सानो हुन्छ। यो रुद्राक्षमा एउटा ठूलो रुद्राक्षले देवी पार्वतीलाई दर्शाउछ भने अन्य रुद्राक्षले पुत्र रूपमा भगवान गणेशलाई दर्शाउछ।

लाभः– गर्भ गौरी रुद्राक्ष धारण गर्नाले खुशी तथा प्रसत्रताको अनुभव हुन्छ। महिलाले यसलाई धारण गर्नाले मातृसुख प्राप्तहुन्छ। गर्भाधानमा विलम्ब तथा समस्याबाट ग्रस्त महिलाहरुले यसलाई अवश्य नै धारण गर्नुपर्दछ। गर्भ गौरी रुद्राक्ष माँ तथा पुत्रको मध्य राम्रो सम्बन्ध बनाउनमा सहायक तथा पैतृक सम्बन्धमा प्रगाढ बनाई राख्नमा एक उत्कृष्ट रुद्राक्ष हो। यो रुद्राक्ष ती महिलाहरुका लागि धेरै नै लाभदायक हो जो सन्तानको कामना राख्दछन् या जसलाई कुनै कारण वश सन्तान उत्पत्तिमा विलम्बको सामना गर्नु परेको छ। यसको साथै साथ यो रुद्राक्षले गर्भको सुरक्षा गर्दछ तथा जसको गर्भ बस्दैन गर्भपात भैरहन्छ तिनका लागि यो रुद्राक्ष अमुल्य निधि हो।

नोटः– गर्भ गौरी रुद्राक्षलाई शुक्लपक्षको सोमवारका दिन प्रातःकाल पूजापाठको उपरान्त सुन तथा चाँदीमा अथवा धागामा उनेर मन्त्र जपद्वारा धारण गर्नु पर्दछ। यो रुद्राक्ष विशेष रूपले महिलाहरुका लागि उपयोगी सिद्ध हुन्छ। “ॐ गर्भ गौय्र्यै नमः” मन्त्रको जपगर्नु अथवा “ॐ नमः शिवााय” को जपगर्नु।

५. सर्पमुखी रुद्राक्ष÷नागफनी रुद्राक्षः– यो रुद्राक्षमा सर्पको फन जस्तो एक आकार बनेको हुन्छ त्यसैले यसलाई सर्पमुखी तथा नागफनी रुद्राक्ष भनिन्छ। यो रुद्राक्षले कालसर्पयोगको दोषलाई समाप्त गर्दछ तथा त्यसको दुष्प्रभावलाई नियन्त्रणमा राख्नका लागि यो रुद्राक्ष धारण गरिन्छ। यसको अतिरिक्त अन्य सर्पदोषलाई समाप्त गर्नका लागि यो रुद्राक्ष अत्यन्त लाभदायक हुन्छ। यो रुद्राक्ष धारण गर्ने व्यक्तिलाई सर्पजस्तो विषयुक्त जीवको भयले सताउँदैन, व्यक्तिमा भएको आत्मविश्वासको कमीलाई पनि यो रुद्राक्षले फायदा दिन्छ। यसले व्यक्तिमा उत्साह एवं उर्जाको संचार गर्दछ र क्रोध तथा व्यक्तिमा भएको चिडचिडापनबाट पनि मुक्त गर्दछ। यसले व्यक्तिलाई धन–धान्यले परिपूर्ण गराउँछ र हानिबाट बचाउँछ।

कुनैपनि रुद्राक्षलाई धातु (सुन, चाँदी, ताँमा) को तार अथवा सेतो वा पहेंलो धागोमा उनेर धारण गर्न सकिन्छ। पुरुष वा महिला दुबैले यो धारण गर्न सक्छन्। स्त्री रजोवती भएपनि कण्ठमा धारण गरेको हुनाले अशुद्ध मानिदैन। यदि पाखुरामा बाँधेको छ भने महिनावारीको समयमा झिकेर शुद्ध ठाउँमा राख्नु पर्दछ। ब्राह्मण, क्षत्रिय, वैश्य तथा शूद्र चारै वर्णका मानिसले रुद्राक्ष धारण गर्न सक्छन्। जातिले शूद्र भएता पनि सात्विक विचार धारा भएमा विद्वान ब्राह्मणसंग प्रायश्चित्त गरेमा धारण गर्न सकिन्छ। भनिन्छ कि “रुद्राक्ष धारणं यत्र अन्योन्यायं न विद्यते”।



from हाम्रो पात्रो "https://ift.tt/PTgzON6"
via IFTTT

Post a Comment

0 Comments