राष्ट्र एकीकरणकाे वीरगाथाः पृथ्वीयुग

राष्ट्र एकीकरणकाे वीरगाथाः पृथ्वीयुग

सम्भाव्य पाण्डे

परिचय:

पृथ्वीयुग एउटा महाकाव्य हो । महाकाव्यका रचनाकार भक्तबहादुर नेपाली हुनुहुन्छ । पुस्तकलाई गन्तव्य प्रकाशन काठमाडौंले प्राकशन गरेको हो । यो पुस्तक प्रकाशन वर्ष २०७४ पौषमा भएको हो । यसको आवरण मेधावी पन्डितले गर्नु भएको हो । महाकाव्य भित्र सर्ग १ मा गोरखाको संक्षिप्त परिचय र पृथ्वीनारायण शाहको जन्म, पृथ्वीनारायण शाहको ब्रतबन्ध, सर्ग २ मा पृथ्वीनारायण शाहको पहिलो विवाह, सर्ग ३ मा नरभुपाल शाहको स्वर्गारोहण र पृथ्वीनारायण शाह दुलही लिन मकवानपुर गएका, सर्ग ४ मा पृथ्वीनारायण शाहको दोश्रो विवाह, सर्ग ५ मा पृथ्वीनारायण शाहले ६ प्रधानहरुलाई आश्वस्त पारेका, सर्ग ६ मा पृथ्वीनारायण शाहको हतियार ल्याउने र तीर्थयात्रा गर्ने योजना, सर्ग ७ मा नुवाकोट विजय, सर्ग ८ मा मकवानपुर विजय, किर्तिपुर विजय, काठमाडौं विजय, पाटन विजय,भक्तपुर विजय हुँदै श्री ५ बडामहाराज धिराजकाे दिव्य उपदेश, श्री ५ पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदै श्री ५ प्रताप सिहको शासनकाल, राजेन्द्रलक्ष्मीको शासनकाल, बहादुर शाहको शासनकाल र अन्तिममा सर्ग १७ मा उपसंहार समाबेस गरिएकाे छ ।

पात्रहरू:

पृथ्वी युग ऐतिहासिक महाकाव्य हो । यसमा मानवीय पात्रहरू धेरै छन् ।महाकाव्यका प्रमुख पात्र पृथ्वीनारायण शाह नै हुन् । यसमा पृथ्वीनारायण शाह उहाँको बाबाआमा, गुरुहरू, प्रजाहरू सैनिकहरू ,रानी बाइसे चौबीसे राज्यका राजाहरू र प्रजाहरू, बिसे नगर्ची, उनकी जाहन, कालू पाडे, श्री ५ प्रतापसिह, राजेन्द्रलक्ष्मी शाह, बहादुर शाह आदि धेरै पात्रहरू छन् ।

कथावस्तु:

गोर्खा गण्डकी र मर्स्याङदी बिचको सुन्दर गाउँ थियो । त्यही ठाउँमा पृथ्वीनारायण शाहको को जन्म १७७९ पौष महिनाको २७ गते बुबा राजा नरभूपाल र आमा रानी कौशल्यावतीको कोखबाट सात महिनामा जन्मिए । उनको न्वारन भयो ज्योतिषीहरूले प्रतापी हुन्छन् भने । जनता खुशी भए । उनको ब्रतबन्ध भयो । उनको शिक्षा शुरु भयो । उनी जिज्ञासु र मेधाबी थिए । उनको पहिलो बिहे मकवानपुरकी राजकुमारीसँग भयो । उनको बिहे बाजागाजासहित विधिपूर्वक धुमधासँग भयो । उनका बुबाको मृत्यु भयो । पृथ्वीनारायण शाहको दोस्रो विवाह बनारस सहरको राजपुत कन्यासँग भयो र गोरखामा ल्याइयो । त्यसपछि श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको २२, २४ राज्यलाई एकीकरण गर्न सुरु भयो । उनले ६ प्रधानहरुलाई आश्वस्त पारे । उनीसँग हतियार थिएन । हतियार ल्याउने योजना बनाए तर उनीसँग पैसा थिएन कसरी जोहो गर्नी भनेर बिसे नगर्चीको घर गए । उनीसँग सल्लाह गर्न बिसेले भन्यो । हरेक घर धुरीबाट धुरिकर उठाउने सल्लाह दियो । उनले त्यही गरि पैसा जम्मा गरी बनारस गएर बन्दुक, गोली, कालिगड मुस्लिम जातका थिए सबै लिएर आए । अनि शुरु भयो उनको २२, २४ राज्य एकीकरण गरि सिङ्गाे नेपाल बनाउने यात्रा । उनले नुवाकोट विजय गरे । राजा र सिपाही मिलेर कीर्तिपुरमाथि हमला भयो । त्यो हमलामा उनको दाहिने हात मानिने कालू पाँडे मारिए । उनी रोए तर पनि हार खाएनन् । अनि उनको विजय यात्रा, मकवानपुर विजय, फेरि किर्तिपुर विजय, कान्तिपुर नाका, काठमाडौं विजय, पाटन, भक्तपुर आदि धेरै ठाउँ विजय गरे । पृथ्वीनारायण शाहको दिव्य उपदेश पनि यो पुस्तकमा पढन पाइन्छ । घुस लिने दिने दुबै नै थरी देशका शत्रु हुन् । चार वर्ण र छत्तीस जातको नेपाल हो फुलवारी । यस्ता धेरै दिव्य उपदेश पढन पाइन्छ । लडाइँ लडदा लडदै उनी बिरामी परे उनले गाउँमा खानि भेटियो भनी गाउँ मै राख्नु । त्यसपछि राजा बोल्न छोडे १८३१ माघ १ गते त्रिशुली नदि देविको घाटमा निधन भयो । अनि उनका छोरा श्री ५ प्रताप सिहको शासनकाल शुरु भयो उनले पनि चितवन कविलासपुर नेपालमा मिलाए । तर उनले तीन बर्ष मात्र शासन गर्न पाए । उनको निधन भयो । त्यसपछि राजेन्द्रलक्ष्मीको शासनकाल शुरु भयो उनले पनि नेपालको सीमा धेरै बढाइन् । अनि बहादुर शाहले पनि नेपालको सीमा गडवाल सम्म पुर्याए । पाल्पा, गुल्मी पर्वत, बागलुङ, अर्घाखाँची धेरै ठाउँ विजय भए । तर पछि उनी जाल र झेलमा परेर उनी जेल परे र जेलमै उनको निधन भयो । बहादुर शाह देशभक्त वीर थिए । यस्तै धेरै कुरा यो साझा पृथ्वी युगमा महाकाव्यमा उल्लेख गरिएको छ ।

परिवेश:

पृथ्वी युग महाकाव्यमा स्थलगत परिवेशमा पृथ्वीनारायणको जन्मस्थल, बाल्यकाल, शिक्षा, विवाह, दिव्य उपदेश, २२, २४ राज्यहरू, नेपाल कसरी एकीकरण भयो, नेपालका विविन्न ठाँउहरू, जिल्लाहरू जस्तै पर्वत, कास्की, लमजुङ, बाग्लुङ, काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, मकवानपुर, नुवाकोट, चितवन, तनहु, गोर्खा, धादिङ आदि विभिन्न ठाउँहरु रहेका छन् भने इन्डियाको बनारस, लडाइँको मैदान, गाउँहरू, सहर, दरवार, प्रजाका घरहरू, मठ मन्दिर आदि छन् । कालगत परिवेशको रुपमा हामिले ५०-७० वर्षको अनुमान लगाउन सक्छौँ । किनभने उनको जन्म मृत्यु, उनको छोराको शासन, बुहारीको शासन, भाइको शासन । यी सबै घटना काल्पनिक नभएर सबै सत्य घटना हो ।

निष्कर्ष तथा सिफारिस :

महाकाव्य झ्याउरे लयमा तयार पारिएकाे छ । यो पुस्तक हाम्रो उमेर समूहदेखि ठुला उमेर समूह सबैका लागि राम्रो छ । यो महाकाव्यमा हाम्रो देश २२, २४ राज्य कसरी एउटै सिङ्गाे नेपाल भयो । कसरी पृथ्वीनारायण शासले एकीकरण गरेर नेपाल देश बनाए । यो किताब पढदा आज भन्दा ३०० सय वर्ष अगाडिको इतिहास थाहा पाउँछौँ । हामीले इतिहासको बारेमा पढ्ने अवसर पायौं । म यो पृथ्वीयुग महाकाव्य मेरो उमेर समूह र मभन्दा ठुलो दाजु दिदी सबैलाई सिफारिस गर्न चाहन्छु । मलाई यो पुस्तक निकै मन पर्‍यो त्यसैले म यो पुस्तक सिफारिस गर्न चाहन्छु ।

सम्भाव्य पाण्डे

कक्षा ५ ‘याङ्ग्रा’

डियरवाक सिफल स्कुल



from हाम्रो पात्रो "https://ift.tt/0qvkGNX"
via IFTTT

Post a Comment

0 Comments