अन्तर्राष्ट्रिय तटस्थ दिवस

अन्तर्राष्ट्रिय तटस्थ दिवस

HamroPatro

यूएन चार्टरको आर्टिकल २ मा संयुक्त राष्ट्रसंघको हरेक सदस्य राष्ट्रलाई आफ्नो अन्तराष्ट्रिय विवाद र मुद्दाहरू शान्तिपूर्णरूपमा कुनै दबाब र चुनौति सृजना नगरी सुल्झाउन आव्हान गरिएकोमा यस बुदालाई संयुक्त राष्ट्र संघको महासभाले आफ्नो ७१ ३७५ रेसुलेसनमा पनि मान्यता दिएको छ ।

जब कुनै देश तटस्थ हुन्छ, यसको मतलब उनीहरूले युद्ध वा द्वन्द्वको समयमा पक्ष लिइरहेका हुँदैनन । तटस्थताको सबैभन्दा प्रसिद्ध उदाहरण मध्ये एक देश चाँही स्विट्जरल्याण्ड देश हो। दुवै विश्वयुद्धमा स्विट्जरल्याण्ड तटस्थ रह्यो। स्थायी तटस्थ स्थितिको परिणाम स्वरूप, स्विट्जरल्याण्ड वर्षौंदेखि हजारौं शरणार्थीहरूको लागि सुरक्षित आश्रयस्थल बनेको छ। यस वर्ष रुस यूक्रेन यूद्धकको संघारमा तठस्तता दिवसको महत्व झनै बढेर गएको छ ।

फेब्रुअरी २ सन् २०१७ मा राष्ट्रसंघले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखिको स्वतन्त्र राष्ट्रको मान्यता दिएको हो, तसर्थ डिसेम्बर १२ लाई तटस्थता दिवसको रुपमा मनाउन थालिएको हो ।

आजको बिश्वमा तटस्थताको महत्व

शान्तिका लागि तटस्थताको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरू मार्फत यस दिवस डिसेम्बर १२ तारिखमा मनाउँछ । राष्ट्रहरूको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागू गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको विश्वास रहेको पाइन्छ ।

राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ, राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा विवाद, मध्यपूर्व र पश्चिमा देशहरूको तनाव, उत्तर दक्षिण कोरिया विवाद लगायतहरुमा राष्ट्रसंघले तटस्थताको पैरवी र मध्यस्थतताको कार्य गर्दै आएको छ ।

विश्व शान्तिका लागि तटस्थताको पैरवी गर्नका लागि आज यस दिवसको रूपरेखा तयार पारिएको हो । विशेषगरी विश्वयुद्धताका ध्रुविकृत भएका देशहरूमा विश्व परिवेश भन्दा पनि गुटवन्दी र समुहको प्रभाव बढि देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ ।

साना ठूला सबै राष्ट्रहरुको स्वतन्त्रता कायम होस्, शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/tASUT0E"
via IFTTT

Post a Comment

0 Comments