औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम

औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम

HamroPatro

उत्सवको समयमा पिउँदै हुनुहुन्छ र तपाईँले औषधिहरू पनि खाँदै हुनुहुन्छ भने जोखिम बढिरहेको हुनसक्छ

यस उत्सवको समयमा रमाईलो गर्नु त ठिकै हो तर केही औषधि खाइरहनु भएको छ भने औषधि र अल्कोहल साथै सेवन गर्दा हुने जोखिम लिइरहनु भएको हुनसक्छ।

प्राय लिइने औषधिहरू जस्तै एन्टिबायोटिक, उच्चरक्ताचापका औषधिहरूले अल्कोहलसँग प्रतिक्रिया गर्न सक्छन्।

अल्कोहल पिउनु नै पर्ने भएमा तपाईँले लिइरहनु भएको औषधिले अल्कोहलसँग कस्तो प्रतिक्रिया गर्छ भनेर फार्मासिस्ट या डाक्टरसँग परामर्श लिनुहोला।

यस जाडोको बिहे र उत्सवको मौसमा भोज र भेटघाटमा बियार, ह्विस्की लगायत अल्कोकल जन्य पेय पदार्थ सबैले पिउँछन् तर यदि तपाईँले कुनै औषधि खाइरहनु भएको छ भने पेय पदार्थहरूले तपाईँको स्वास्थ्यमा नकारात्मक प्रभावहरू देखाउन सक्छन्।

धेरै औषधिहरूले अल्कोहलसँग नकारात्मक प्रभाव देखाउने भए पनि मुख्यतया निम्न प्राय प्रयोग गरिने औषधिहरूले नकारात्मक प्रतिक्रिया देखाउँछन्

उच्च रक्तचापको औषधि

अल्कोहलले अस्थायी रूपमा रक्तचाप बढाउँछ यदि तपाईँले अधिक मात्रामा पिउनु भयो भने त झनै रक्तचाप बढ्न सक्छ। यदि यसरी उच्च मात्रामा दैनिक अल्कोहल सेवन गर्नुभयो भने रक्तचाप स्थायी रूपमा नै बढ्दछ र रक्तचापको औषधिले काम नै गर्न सक्दैन।

अर्को तर्फ अल्कोहल र रक्तचाको औषधि मिसाएर सेवन गर्दा चक्कर लाग्ने, बेहोस हुने, अल्छि लाग्ने र मुटुको धड्कनको अनियमितता (एरिथ्मिया) सम्मका हानिकारक प्रतिअसरहरू देखिन सक्छन्।

एन्टिबायोटिकहरू

अल्कोहलसँग मिसाएर सेवन गर्दा केही एन्टिबायोटिक औषधिहरूको प्रभाव कम हुने मात्र नभइ केही एन्टिबायोटिक र अल्कोहल मिसाएर सेवन गर्दा बान्ता हुने, छाला रातो हुने, टाउको दुख्ने र केही अवस्थाहरूमा एसोफागसमा पनि असर गर्न सक्छ।

एन्टिबायोटिकले शरीरको सङ्क्रमण घटाउन सहायता गरिरहेको हुन्छ तर अल्कोहलले सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई न्यून गर्ने भएकोले पनि यसले तपाईँको शरीरले दुबैलाई मिसाएर सेवन गर्नु उपयुक्त हुँदैन।

एन्टिमइक्रोबियल औषधिहरूमा एन्टिफङ्गल र एन्टिप्यारासाइट औषधिहरू पर्दछन्।

एन्टिडिप्रेसेन्ट औषधिहरू

डिप्रेसन लागेका मानिसहरूमा अल्कोहलले मस्तिस्कका न्युरो ट्रान्समिटरहरूको सन्तुलन कायम गर्ने इन्हिबिटर र स्टिमुलेटर मलिक्युलहरूमा प्रभाव पारेर डिप्रेसनका लक्षणहरू झनै बिगार्ने काम गर्दछ।

यदि तपाईँले मोनोएमिन अक्सिडेज इन्हिबिटर (MAOIs) सेवन गरिहनुभएको छ भने अल्कोहल सेवन गर्न रोक्नुनै पर्छ। मोनोएमिन अक्सिडेज इन्हिबिटरहरू मा निम्न पर्न सक्छन् :

isocarboxazid (Marplan)

phenelzine (Nardil)

selegiline (Emsam)

tranylcypromine (Parnate)

अल्कोहलले यसमा रहेको टायरामाइनको कारणले रक्तचाप बढाउँछ त्यसैले टायरामाइन पाइने अल्कोहल र अन्य खानेकुराहरू नखाउनु राम्रो हुन्छ।

अल्कोहाल पिउनको लागि औषधि खान नरोक्नुहोस्

प्राय औषधिहरू रगतमा या शरीरमा त्यसको मात्रा स्थिर रहेमा मात्र काम गर्ने हुन्छन्। औषधि कम गर्ने र बढाउने गर्दा शरीरमा औषधिको मात्रा स्थिर राख्न कठिनाइ हुन्छ र औषधिले पनि काम गर्दैन।

एन्टिबायोटिक जस्ता रोग प्रतिरोधी औषधिहरू अनियमित सेवन गर्दा बाक्टेरियाहरूले यी औषधिहरूसँग प्रतिरोध गर्ने क्षमता विकास गरेर औषधिलै शरीरमा काम नै नगर्ने बनाउन सक्छन्।

अर्को प्रकारका औषधिहरूमा जन्मान्तर कायम गर्ने औषधिहरू जुन नियमित सेवन गरेमा मात्र राम्ररी काम गर्छन। मुटुको रोगका औषधिहरू मस्तिस्क सम्बन्धी रोगहरू र छोप्ने रोगको औषधि टुटाउनु पनि हानिकारक हुनसक्छ।

अन्य औषधि सेवन गर्दै हुनुहुन्छ भने पनि अल्कोहल सेव गर्दा सावधानी अपनाउनुहोस्

सिटामोल जुन प्राय खाइने औषधि हो र यसलाई सुरक्षित औषधिको रूपमा लिइन्छ। सिटामोल प्राय धैरै रूघा, फ्ल्यु र स्लिप मेडिसिनहरूमा प्रयोग गरिने औषधिहरूमा मिसाइएको हुनसक्छ। सिटटमोलले थोरै रूपमा कलेजोमा प्रभाग पार्न सक्छ र यस्तो औषधिको साथमा अल्कोहल सेवन गर्दा दुबैले कलेजोमा पार्ने असर बढ्न सक्छ।

कुनै पनि दुबिधामा हुनुहुन्छ भने परामर्श लिनुहोस्

कुनै पनि औषधि सेवन गरिरहनु भएको छ यसका प्रभाव या असर बारे जानकारी लिन चाहनुहुन्छ भने नजिको डाक्टर या फार्मासिस्टलाई सम्पर्क गर्नुहोस्। डाक्टरको सल्लाह अनुसार नटुटाइ औषधि सेवन गर्नुहोस्।

नजिक अस्पताल या डाक्टर उपलब्ध छैनन् भने हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग तत्काल भिडियोकलमा परामर्श लिन सक्नुहुन्छ।

हाम्रो पात्रो हेल्थमा विभिन्न विषयका विज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ।

खाता खोल्न र सहायतासँग कुरा गर्न निशुल्क छन् र स्वास्थ्य सम्बन्धी थुप्रै जानकारीहरू र भिडियोहरू निःशुल्क रूपमा उपलब्ध छन्।

डाक्टरहरूसँग टिकट लिएर तुरन्त, अपोइन्टमेन्ट लिएर या विशेषज्ञ समूहसँग स्वास्थ्य परामर्श लिन सकिन्छ। सबै परामर्शहरू गोप्य र सुरक्षित छन्।



from हाम्रो पात्रो "https://ift.tt/5wOXp8u"
via IFTTT

Post a Comment

0 Comments