सम्झना
सम्झना
कुमार खतिवडासम्झनाले मन बिथोल्छ नभन्दिनु उनीलाई
अतीतले दिल पिरोल्छ नभन्दिनु उनीलाई !
पागल भै डुल्ने गर्छ घरी रुँदै घरी हाँस्दै
आफूसँग आफैं बोल्छ नभन्दिनु उनीलाई !
कसले पो सुनिदेला दुखी कथा जीवनको
आँशुले यो रात छिचोल्छ नभन्दिनु उनीलाई !
लक्ष्य बिना दोबाटोमा अलपत्र भएको खबर
सुनिन भने मुटु पोल्छ नभन्दिनु उनीलाई !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
from हाम्रो पात्रो "https://ift.tt/PVFUbxX"
via IFTTT
Post a Comment
0 Comments