तिम्रो शहरमा

तिम्रो शहरमा

सुवास गिरी

वेदना को रुवाई लुकाइन्छ तिम्रो शहरमा 

मन दुख्छ ! झन् दुखाइंन्छ तिम्रो शहरमा !

हुनेको थपिदै छ नहुने अझै जमिनमा देख्छु 

केहि ठुला, साना झुकाईन्छ तिम्रो शहरमा !

मै हु भन्नेको कमि रहेन्छ गल्लि गल्लिमा 

अघि आफु ! सब चुकाइन्छ तिम्रो शहरमा !

मन होइन धन हुनेको बस्ति हो ! तिम्रो शहर

सोझा बन्धक चतुर फुकाइन्छ तिम्रो शहरमा !

कतै मध्य-रातमा मस्त मधिराको खोला बग्छ 

कतै बालक को दूध सुकाइन्छ तिम्रो शहरमा !

मन दुख्छ ! झन् दुखाइंन्छ तिम्रो शहरमा 

वेदना को रुवाई लुकाइन्छ तिम्रो शहरमा !!

------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।



from हाम्रो पात्रो "https://ift.tt/gBc2oux"
via IFTTT

Post a Comment

0 Comments