३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार

३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार

HamroPatro

चराचर जगत गतिशील छ । ग्रह नक्षत्रहरु पनि आफ्नै कक्षमा गतिशील छन । नवग्रह मध्ये शनि सबभन्दा प्रभावकारी मानिन्छ । यो ग्रह अरु भन्दा टाढा छ त्यसैले ढिलो हिंडछ भनिन्छ । तीस महिनासम्म एउटै राशिमा संचार गर्छ । लामो समयसम्म एउटै राशिमा बस्ने भएकाले अन्य ग्रहले भन्दा बढ़ी र पक्का असर प्रभाव दिने गर्छ । सबैभन्दा प्रभावशाली ग्रह अहिले कहाँ छ र कता जाँदैछ अनि त्यसले मलाई या मेरा प्रियजनलाई के कस्तो असर गर्ने छ भन्ने जान्न सबैलाई मन हुन्छ । वि. सं. २०७९ माघ ३ गते अर्थात् जनवरी १७ तारीख देखि शनि ग्रह मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दैछ । झण्डै तीस वर्षपछि शनि अमृत पान गर्ने सर्वोत्तम स्थानमा पुग्दै छ । २०८२ साल साउनसम्म कुम्भ राशिमा बसेर शनिले कुन कुन राशिलाई के कस्ता पक्षमा राम्रो या नराम्रो गर्नेवाला छ ? यहाँ अब ज्योतिष शास्त्रमा आधारित शनि गोचर सम्बन्धमा मोटामोटी विचार गरिंदैछ ।

शनि अशुभ ग्रहको श्रेणीमा गनिए पनि अशुभ मात्र गर्दैन । आँफु बसेको ठाउँमा अत्यन्त शुभ प्रभाव दिन्छ भने बसेको स्थानबाट तेस्रो सातौ र दशौ स्थानमा नराम्रो असर गर्छ । बिद्ध मृत बाल अस्त बक्र आदि अनेक अवस्थामा यस्को फल प्रभावित हुन्छ । शनिको महादशा अन्तरदशा साढ़े साती दशा चलेको भएमा अथवा मकर या कुम्भको लग्न या राशि भएमा यसको फल बढ़ी प्रभावकारी हुनेगर्छ । यहाँ शनि ग्रह प्रसन्न भएको अवस्था छ र ग्रह प्रसन्न भएमा कम दुखदायी हुने गर्छ । आजको यो लेखमा मेष आदि सबै राशिलाई के के राम्रो र के के नराम्रो हुनसक्छ त्यो विचार गरी अन्त्यमा के के उपाय गर्दा शनि ग्रहलाई प्रसन्न बनाउन र ग्रहबाट राम्रो फल पाउन सकिन्छ ती उपायहरुका बारेमा पनि संक्षेपमा चर्चा गरिंदै छ ।

१. मेष:-

मेष राशिका जातक हरुका लागि अब शनि एघारौ भावमा जानेछ । आय आमदानीमा गतिलो राम्रो प्रभाव पार्ने छ । अबको तीस महिनाभित्र नसोंचेको धनलाभ हुने छ ।

नराम्रो पक्ष - स्वास्थ्य, शिक्षा र सन्तानको बाटोबाट अनपेक्षित अनुभव हुनसक्छ । यी पक्षहरुमा सावधान रहनु पर्ने संकेत छ ।

२. वृष:-

वृष राशिका जातक हरुका लागि अब शनि दशम भावमा जानेछ । शश नामक महापुरुष योग बन्ने छ । महान कर्म गराउने छ । प्रमोशन आदि हुने सम्भावना छ ।

नराम्रो पक्ष - व्यय, विदेश, पारिवारिक सुख, सवारी साधन, इष्टमित्रको बाटोबाट अनपेक्षित अनुभव हुनेछ । यी पक्षहरुमा सावधान हुनु राम्रो ।

३. मिथुन:-

मिथुन राशिका जातक हरुका लागि यो नवम भावमा जानेछ । भाग्य वृद्धि गर्ने छ । पूजा पाठ दया दान आदि भक्ति भावनाको विकास गराउने छ । गुरु दर्शन, मन्दिर, तीर्थ स्थल आदि भ्रमण हुनसक्छ ।

नराम्रो पक्ष- आय आमदनी प्रभावित हुने छ । उत्साह घटने छ । दाजुभाईको बाटोबाट अनपेक्षित अनुभव हुनेछ ।

४. कर्कट:-

कर्कट राशिका जातक हरुका लागि अब शनि अष्टम भावमा रहने छ । रोग बिमारीले छोड़ने छ । शत्रु या मुद्दा आदिमा विजय गराउने छ । आयु बढ़ाउने खालका गतिविधि गराउने छ ।

नराम्रो- कामको बाटोबाट नराम्रो अनुभव हुनेछ । पैतृक धन या धेरैधन हानि हुनसक्छ । वाणी प्रभावित हुने र बोल्दा बिराइने छ । रोग ऋण शत्रुलाई सक्रिय पार्छ र शान्त पनि बनाउने छ ।

५. सिंह:-

सिंह राशिका जातक हरुका लागि अब शनि सप्तम भावमा रहने छ । अब विवाह हुने निश्चित छ । राम्रा मित्रहरु बढ़ने छन । विदेशको बाटोबाट राम्रो अनुभव हुनेछ ।

नराम्रो- भक्तिभावमा कमी आउने, भाग्यहीनताको अनुभव गराउने, स्वास्थ्य बिगार्ने, आमा, परिवार, गाड़ीको बाटोबाट अनपेक्षित अनुभव गराउने छ ।

६. कन्या:-

कन्या राशिका जातक हरुका लागि अब शनि षष्ठ ( ६ ) स्थानमा रहने छ । रोग ऋण र शत्रुबाट मुक्त भइने छ । समरसताको संचार हुनेछ ।

नराम्रो- वैदेशिक मामिलामा झंझट थपिने छ । अनावश्यक खर्च बढ़ने छ । दाजुभाइसंग विवाद हुनसक्छ । जोश जाँगरमा कमी आउने छ ।

७. तुला:-

तुला राशिका जातक हरुका लागि अब शनि पंचम भावमा गोचर गर्ने छ । शिक्षा र सन्तानको बाटोबाट सफलता मिलने छ । प्रेम प्रसंग मौलाउने छ । नराम्रो- मित्रवर्ग, पति या पत्नीसंग विवाद बढ़ने छ । आय आमदनी प्रभावित हुनेछ । स्वास्थ्य स्थिति प्रतिकूल हुनसक्ने छ ।

८. वृश्चिक:-

वृश्चिक राशिका जातक हरुका लागि अब शनि चतुर्थ भावमा गोचर गर्नेछ । घर बन्ने छ । परिवारमा खुसी वृद्धि हुनेछ । आमा रोगमुक्त हुनुहुनेछ । सवारी साधन किन्ने योग बनने छ ।

नराम्रो- रोग ऋण शत्रुवर्ग सक्रिय हुने, काम बिग्रने, पितृवर्गसंग वैमनस्यता, स्वास्थ्य समस्या बढ़ने छ ।

९. धनु:-

धनु राशिका जातक हरुका लागि अब शनि तेस्रो भावमा गोचर गर्नेछ । जोश जाँगर उत्साह बढ़ाउने छ । दाजुभाइ बर्ग अनुकूल हुने छन । वाणी सुमधुर बन्ने छ ।

नराम्रो- शिक्षा र सन्तानको बाटोबाट अनपेक्षित अनुभव हुने छ । धार्मिक कार्यमा अरुचि, भाग्यहीनताको अनुभव गराउने छ । अपव्यय, वैदेशिक मामिलामा झंझट देखाउने छ ।

१०. मकर:-

मकर राशिका जातक हरुका लागि अब शनि दोस्रो भावमा गोचर गर्ने छ । पैतृक धन, राम्रो नौकरी आदि अनेक तरहका धनलाभ हुने छन । वाणी सुमधुर बन्ने, मित्रबर्गबाट राम्रो अनुभव हुने छ ।

नराम्रो- मातृवर्ग या परिवारबाट टाढा हुनुपर्ने, आय आमदनीमा व्यवधान बन्न सक्ने देखिन्छ । अन्त्य साढ़े साती शनिको दशाले गर्दा कार्यभार बढ़ने छ । नया जिम्मेवारी आइपर्ने छ ।

११. कुम्भ:-

कुम्भ राशिका जातक हरुका लागि अब शनि प्रथम भाव लग्नमा गोचर गर्ने छ । रोगबाट मुक्ति मिल्ने छ । व्यक्तित्व विकास हुने छ । प्रमोशन आदिको सम्भावना हुने छ ।

नराम्रो- दाजुभाइ बर्गबाट अनपेक्षित अनुभव हुने, जोश जाँगर कम हुने, पति पत्नी या मित्रवर्गबाट सावधान हुनुपर्ने छ । काम बिग्रन सक्ने छ । मध्य साढ़ेसाती शनिको प्रभावले अलिक बढ़ी काम गर्नु पर्ने बाध्यकारी स्थिति बन्ने छ ।

१२. मीन:-

मीन राशिका जातक हरुका लागि अब शनि बाह्रौ भावमा गोचर गर्ने छ ।

विदेश भ्रमण, तीर्थयात्रा आदि अनेक शुभ अवसर आउने छन । मन प्रसन्न रहने छ ।

नराम्रो- धन नाश गराउने छ । चोरी ठगी हुनसक्छ । रोग ऋण शत्रु सक्रिय हुने छन । भक्ति भाव दया दान आदिमा कमी अनुभव गराउने, भाग्यहीनताको अनुभव गराउने छ । साढ़े साती शनिको दशा आरम्भ हुने भएकाले अनेक प्रकारका दुःख झंझट अनुभव हुन सक्ने छन ।

उपाय:-

१. ग्रह शान्ति गर्नु

२. शनिवार बिहान पीपल पूजा गर्नु - ॥

पीपल पूजा गर्दा भन्ने मन्त्र-

अग्रतो ब्रह्मरूपाय मध्यतो विष्णु रुपेणे ।

मूलतो शिवरूपाय अश्वत्थाय नमो नम: ॥

३. शनि मन्त्र जप गर्नु- ॥ ॐ शम् शनैश्चराय नम: ॥

४. शनिको प्रार्थना गर्नु-

नीलाम्बुज समाभासम् रविपुत्रम यमाग्रजम् ।

छाया मार्तण्ड सम्भूतम तम् नमामि शनैश्चरम ॥

५. श्रमिक वर्गको सेवा गर्नु

६. कालो नीलो वस्तु नलिनु, नलगाउनु, सके दान गर्नु आदि ।



from हाम्रो पात्रो "https://ift.tt/qWJrEGo"
via IFTTT

Post a Comment

0 Comments