अन्तर्राष्ट्रिय पर्वत दिवस

अन्तर्राष्ट्रिय पर्वत दिवस

HamroPatro

अडियो सुन्नुहोस

नेपालका पर्वतहरूको अन्तर्राष्ट्रिय चर्चा

विश्वको ध्यान आफूतिर ताने, निर्मल पुर्जाले । निम्स दाइ भनेर पनि चिनिने निर्मलले पाएको सफलताबारे बनेको फिल्म फोर्टिन पिक्स अहिले विश्वमा सबैभन्दा धेरै हेरिएका डकुमेन्ट्रीमध्ये एक बनेको छ । अर्को फेरि यस वर्ष नेपालको भूकम्पसँग जोडेर बनाइएको पर्वतहरूको व्यथा समावेश भएको फोर्टिन पिक्स पनि सर्वाधिक हेरिएको वृत्तचित्र बनेको छ ।

तपाईँले पनि फिल्म हेर्नु भएको छ भने त्यहाँ निर्मलले भनेका केही कुराहरू पक्कै याद छन् होला । उनले हिमाल र मानिसको सम्बन्धबारे फिल्ममा निकै मीठो भाषामा त्यसलाई परिभाषित गरेका छन् । विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।

उनले यो आँट र साहसलाई नाम दिएका छन्– प्रोजेक्ट पोसिबल । मानिसले चाहेको खण्डमा जे पनि गर्न सक्छ, उसमा मिहिनेत र आँट, विश्वास र दृढता चाहिन्छ भनेर प्रमाणित गरेका छन्, निर्मलले । उनको यो रेकर्ड नेपाल र नेपालीको विश्वासलाई विश्वमा चिनाउन सफल भएको छ ।

तपाईँलाई अचम्म लाग्दो हो, आज हाम्रो पात्रोमा हिमाल र अहिले चर्चाको केन्द्रमा रहेका निर्मलको विषयमा हामी कुराकानी गरिरहेका छौँ । र, यसको विशेष अर्थ छ । आज हो, विश्व पर्वत दिवस ।

विश्व पर्वत दिवस को पृष्ठभूमि

हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि । पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदै छ ।

यस वर्षको विश्व पर्वत दिवसको नारा "Women move mountain" अर्थात् महिलाहरूले पर्वतलाई चलाउन सक्दछन् भन्ने अर्थ लाग्दछ । लैगिंक क्षमता र प्रकृतिलाई जोडेर यस वर्ष विश्व पर्वत दिवसको खाका कोरिएको छ ।

हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।

नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।

तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।

चुनौतीहरूबाट हाम्रा हिमालहरू जोगाऔँ । सबैमा शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/SZYsjtG"
via IFTTT

Post a Comment

0 Comments