पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध)

पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध)

HamroPatro

औँसीको आध्यात्मिक महत्त्व

एक मास अर्थात् महिना पनि मान्न सकिन्छ । चन्द्रमानमा एक मास भित्र ३० दिनहरू हुन्छन् अनि यी ३० दिनाकंको लगभग मध्य भागमा औँसी पर्दछ । अँध्यारो र कालो कुराहरूको बिम्बका रूपमा लिइने औँसीको आध्यात्मिक र अलौकिक महत्त्व भनेँ पृथक् छ । पूर्णिमा र औँसीको बिचमा कट्ने महिनाभरि नै आकाशमा बादलभित्र चन्द्रमा कहिले प्रस्ट देखिने र कहिले प्रस्ट नदेखिने हुन्छ । पूर्णिमामा झलमल देखिने चन्द्र औँसीमा बादलभित्र लुकेको पाइन्छ ।

अब कुरा गरौँ पुस महिनाको औँसी को, यस औँसी चाहिँ पितृ कर्म, पिण्ड, तर्पण अनि श्राद्ध आदिका लागि विशेष फलदायी दिन हो । छोटो र चिसो दिनहरू भएको पुस महिना धनधान्य र सौभाग्यको हिसाबले असाध्यै महत्त्वपूर्ण महिना पनि हो, लक्ष्मीको सौभाग्ययताको स्वरूप सौभाग्य लक्ष्मीको महिना पनि पुस नै हो ।

पौषे औँसी को दान पुण्य

यस औँसीका दिनमा दान पुण्य कार्यहरू गरेमा बृहस्पति, राहु, केतु जस्ता ग्रहहरूको नकारात्मक प्रभाव पनि कम गर्न सकिने हुन्छ । अर्कोतर्फ पितृ उद्धारका लागि काठमाण्डौको गोकर्ण, सुनसरीको वराहक्षेत्र लगायत मुस्तागंको कागबेनीमा पनि श्राद्ध गर्नेहरूको लर्को हुन्छ ।

यस वर्षको मध्य जाडोको पुस महिनाको औँसी तिथिमा सबैलाई स्वागत छ । उच्च हिमाली भेगहरूमा हिमपातका खबरहरू छन्,काठमाण्डौमा पनि हिउँदको वर्षा भइसकेको छ, चिसोबाट जोगिँदै स्वस्थ रहौँ । समस्त पितृहरूको उद्धारको कामना । सबै जनालाई सुख होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/ujEM68o"
via IFTTT

Post a Comment

0 Comments