किन आयौ

किन आयौ

कुमार खतिवडा

निको भएको घाउ फेरि बल्झाउन किन आयौ,

लडिसके पछि हात समाउन किन आयौ !

बीच बाटोमा साथ छोडी अर्कै बाटो रोज्या थियौ,

पुन: बन्दै गरेको घर भत्काउन किन आयौ !

चोट सहे घृणा सहे के नै थियो सहन बाँकी,

मर्नै दिए हुन्थ्यो बरु बचाउन किन आयौ !

सबै चोट बिर्सी फेरि अघि बड्दै जाँदा खेरी,

पुरानो घाउ कोट्याइ मलम लगाउन किन आयौ !

जसो तसो आफैलाइ सम्हालेर हिंड्न लाग्दा,

अतीतका याद दिलाएर सताउन किन आयौ !

रम्झम् अनि रमाइलो थियो तिम्रो जिन्दगी त,

फेरि मेरै मृत्यु शैंया सजाउन किन आयौ !!

----------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।



from हाम्रो पात्रो "https://ift.tt/RZwikmF"
via IFTTT

Post a Comment

0 Comments